नेताले अभिभावकत्व लिएका नानीबाबु

मुख्यमन्त्रीले अभिभावकत्व दिएका छोरा–छोरी दुवै उत्तिर्ण

मुख्यमन्त्रीले अभिभावकत्व दिएका छोरा–छोरी दुवै उत्तिर्ण
+
-

पोखरा – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वर्ष भर्ना अभियानमा अभिभावकत्व लिएकी ‘छोरी’ शिखा जिरेलले तृतीय स्थान हाँसिल गर्दै माथिल्लो कक्षामा गएकी छन् ।

मुख्यमन्त्री गुरुङले श्रीकृष्ण माध्यमिक विद्यालय मासबार कक्षा १ मा भर्ना गराएर पढ्न थालेकी शिखाले ९४ प्रतिशत अंक ल्याएर तृतीय भएकी हुन् । उनीसहित कक्षा १ मा ३० जना विद्यार्थी थिए।

मुख्यमन्त्री गुरुङले अभिभावकत्व लिएका ‘छोरा’ अभिषेक नेपाली पनि पास भएका छन् ।

अभिषेकलाई मुख्यमन्त्री गुरुङले कक्षा २ मा भर्ना गराएका थिए । उनीसहित कक्षामा २२ विद्यार्थी थिए । वर्षको अन्तिम प्रकाशित नजिता अनुसार उनी २१ औँ स्थानमा छन् ।

मुख्यमन्त्री गुरुङले अभिभावकत्व लिएका ‘छोरा–छोरी’ दुवै पास भएपछि विद्यालय परिवार नै हर्षित भएको प्राध्यानाध्यापक टीकाराम लामिछानेले बताए ।

‘जनप्रतिनिधिले अभिभाकत्व लिएका विद्यार्थीप्रति धेरैको ध्यान हुन्छ । विद्यार्थीले पनि सोही अनुसार मेहनत गरेर नजिता ल्याएका छन्’, उनले भने, ‘यसले सरकारी सामुदायिक विद्यालयको गरिमालाई पनि उचो राख्छ ।’

शिक्षक घनश्याम अधिकारीले भने, ‘शिखा जिरेल अलि चलाख नै छन् । कक्षामा पनि मन लगाएर पढ्छिन् विद्यालयमा दिएको गृहकार्य पनि सबै गर्छिन् ।’

अभिषेकको बुबाको निधन भएपछि भने पढाईमा केही सुस्सता देखिएको शिक्षक अधिकारीको भनाई छ ।

‘उनको पनि पढाई नराम्रो त भन्न मिल्दैन तर पनि घरायसी कारणले पनि बच्चाको ध्यान पढाईमा केन्द्रीत नभएको हो की जस्तो मात्रै’ उनले भने ।

शिखाको परिवार दोलखाबाट पोखरा आएका हुन् । उनका बुबा मजदुरी गर्छन् । आमाको भने टेलरिङ व्यवसाय रहेको विद्यालयले जानकारी दियो ।

अभिषेकको बुवा गतवर्ष बितेका हुन् । उनीहरु स्याङ्जा आँधीखोला गाउँपालिका सिरुबारीदेखि पोखरा आएर घारीपाटनस्थित बस्दै आएका छन् ।

दुवै परिवारको आर्थिक अवस्था कमजोर भएकाले मुख्यमन्त्रीले विपन्न व्यक्तिका छोराछोरीलाई अभिभावकत्व प्रदान गरेर सकारात्मक सन्देश दिएको प्राध्यानाध्यपक लामिछानेले सुनाए ।

‘यससँगै पढ्नुपर्छ भन्ने उत्प्रेरणा पनि विकास भएको छ । भर्ना अभियानले सरकारी विद्यालयमा एक किसिमको जागरण ल्याएको छ । जनप्रतिनिधिको सहकार्य निरन्तर हुनुपर्छ’ उनले थपे ।

सोही विद्यालयमा गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माको ‘छोरा’ समेत अध्ययन गर्छन् । गत वर्षकै भर्ना अभियानमा उपसभामुख शर्माले कक्षा ४ मा कुशल विकलाई भनाई गराएर अभिभावकत्क लिएकी थिइन् ।

कुशल पास भएर कक्षा ५ मा उक्लेका छन् । उनको पढाई मध्यम रहेको विद्यालयले जानकारी दियो । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ । नर्सरीदेखि ९ कक्षासम्म अंग्रेजी माध्यममा पढाई हुन्छ ।

विद्यालयमा पुगेनन् मुख्यमन्त्री


मुख्यमन्त्री गुरुङले अभिभावकत्व लिएका ‘छोरा–छोरी’ को पढाई प्रगतिबारे कमै चासो राख्छन् ।

गतवर्ष कक्षा १ मा शिखा जिरेल र कक्षा २ मा अभिषेक नेपालीलाई भर्ना गराएपछि उनले विद्यालयमा पाइला राखेनन् ।

उनीहरु नियमित स्कुल आएका छन्, छैनन भन्नेबारे समेत उनले विद्यालयमा सोधनी नगरेको पाइयो ।

विद्यालयका प्राध्यानाध्यापक टीकाराम लामिछानेका अनुसार मुख्यमन्त्रीले एकपटक फोन मार्फत भए पनि सम्पर्क राखेनन् ।

‘अभिभावकत्व लिएपछि उनीहरुको पठनपाठनदेखि सबै कुराहरुको जिम्मेवारी लिनुपर्ने हो । विद्यालयमा बेलाबेलामा आउनुपर्ने जस्तो लाग्छ उहाँ आउनुभएन । सायद व्यस्त भएर होला’ उनले भने ।

घरपरिवारको सदस्यलाई भेट्नु हुन्छ भन्ने सुनेको थिएँ तर आधिकारिक थाहा नभएको उनले सुनाए । ‘अभिषेकको बुबा बित्दा घरमै गएर भेट्नु भएको भन्ने सुनेको चाहिँ हो ।

कुन विद्यार्थीका कुन अभिभावक हुन् हामीलाई चिन्न गाह्रो । आएको बेला सोधौँ भनेको । मेसो भएन’ उनले थपे ।

उपसभामुख सिर्जना शर्मा भने वर्षदिनमा तीनपटक विद्यालय पुगेर सोधेको प्राध्यानाध्यापकले बताए । नतिजाबारे उनले चासो राख्ने गरेको पाइयो ।

कुशलको आँखामा केही समस्या देखिएपछि विद्यालयको सूचनामा उपसभामुख मार्फत उपचार गराई चश्मा लगाएका छन् ।

लत्ताकपडा र पाठ्यसामग्री सहितको शिक्षण शुल्क, यातायात भाडा उपसभामुख आफैले जिम्मेवारी लिँदै आएको जानकारी दिइन् ।
कुशल घारीपाटन बस्दै आएका छन् । उनको पारिवारिक स्थिती कमजोर छ ।

सांसद अधिकारीका दुवै छोरा उत्कृष्ट


कास्की क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद खगराज अधिकारीका दुबै ‘छोरा’ ले कक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।

गतवर्ष भर्ना अभियानकै क्रममा सांसद अधिकारीले सौरभ रानाभाट र यमन सुनारलाई कक्षा १ मा भर्ना गराएका थिए । सौरभले कक्षामा दोस्रो स्थान हाँसिल गरेका छन् भने यमनले तृतीय स्थानसहित कक्षा उक्लेका छन् ।

अधिकारीले आफ्नो जन्मगाउँ बेगनासमा रहेको आनन्द ज्योती माध्यमिक विद्यालयमा उनीहरुलाई भर्ना गराउँदै उच्च शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए ।

उनीहरु दुबैलाई कक्षा २ मा आवश्यक पाठ्यसामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरिसकेका छन् ।

‘तपाइँहरुले आआफ्नो कक्षामा राम्रो नजिता ल्याएर मलाई गौरव अनुभूति दिलाउनु भएको छ । राम्रो गर्दै जानु शुभकामना’ सांसद अधिकारीले पाठ्यसामग्री हस्तान्तरण गर्दै गरेको तस्बिरसहित फेसबुकमा लेखेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?