
थाक्नु थाकेछन्
दुई ती हाई गर्दै
अग्लो सोफामा।
ऊ खानमा छ
उखान खुवाएर
पेट भरिन्छ?
च्याप्प समाती
ताोक्माको पासोले त
थिच्दैन घाटी?
कर खानेले
कारखाने सताए
‘कर’मा कर !
बालुवाजस्तै
बालुवाटार भए
मेलम्ची सुक्छ।
उखान सामू
ज्योतिषिका जोखाना
उखान जस्तै !
अशान्त मन
ज्योतिष जरुरी कि!
रक्षा कवच।
जगको जय !
बालुवाको जगमा
मन्त्री महल !
दुस्वप्न देखेँ
हे गुरु जगमान !
जोगाउनु न।
‘राता राजा’को
चुरिफुरी रवाफ
‘नेपाल रुष्ट’!