पोखरा विश्वविद्यालय प्रकरण

‘डि प्लस’ विद्यार्थीको परीक्षा नरोक्न सर्वोच्चको आदेश

‘डि प्लस’ विद्यार्थीको परीक्षा नरोक्न सर्वोच्चको आदेश
+
-

पोखरा – पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका ४२ कलेजमा भर्ना भएका ‘डि प्लस’ ग्रेड प्राप्त ३ सय ४४ विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न सर्वोच्चले आदेश गरेको छ।

विद्यार्थी मन्दिप खड्का समेतले पोखरा विश्वविद्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबार सर्वोच्च अदातलका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सम्बन्धन प्राप्त कलेजमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न अन्तरिम आदेश दिएको हो।

‘विश्वविद्यालय र सो अन्तर्गतका कलेजहरुमा तोएिको दस्तुर तिरी अध्ययनरत रहेको अवस्थामा रजिस्टे«सन फारम स्वीकृत गरी परीक्षामा सहभागि गराउन इन्कार गरेको हुँदा व्यवस्थापन संकाय स्नातक तहको परीक्षामा सहभागि गराउन आदेश जारी गरी पाऊँ’ भन्दै खड्का सहितले रिट हालेका थिए।

रिटको आदेशमा भनिएको छ, ‘हाल निवेदकहरुले भर्ने रजिस्टे«सन अस्थाई रुपमा स्वीकृत गरी प्रोबिजनल रुपमा फारम भर्न दिई २०७६ वैशाख १६ गतेबाट सञ्चालन हुने परीक्षामा निवेदकहरुलाई सहभागि गनू गराउनू’ उल्लेख छ।

व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा उर्तीर्ण विद्यार्थीले न्यूनतम सबै विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड विश्वविद्यालयले तय गरेको थियो।

तर सम्बन्धन प्राप्त ४२ कलेजले कक्षा ११ र १२ मा १ वा १ भन्दा बढी विषयमा ‘डि प्लस’ ग्रेड ल्याएको विद्यार्थी भर्ना लिएको फेला पारेपछि उनीहरुको रजिस्टे«सन रोकिएको थियो।

विद्यार्थीको योग्यता मापदण्डको विषयमा गएको ७ गते शनिबार विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीको भर्ना रजिस्टे«सन नलिने निर्णय गरेको छ।

यसअघि ०७५ जेठ १८ मा विश्वविद्यालय प्राज्ञिक परिषद्ले स्नातक तहको व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार आंगिक क्याम्पसले विद्यार्थी भर्ना लिएपनि सम्बन्धन प्राप्त कलेजले आफूखुसी भर्ना लिएका छन्।

प्रत्येक विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने प्रावधान कायम हुँदाहुँदै समग्र (एग्रिगेट)मा ‘सी’ ल्याएकालाई भर्ना लिँदा विद्यार्थीले भर्ना रजिस्टे«सन पाएनन्। उनीहरु स्वतः परीक्षाबाट समेत बञ्चित हुने विश्वविद्यालयले धारणा सार्वजनिक गरेको छ।

ग्रेड विवादले पूर्व निर्धारित मिति अनुसार फागुन ३० देखि तोकिएको परीक्षा चैत १५ बाट टर्दै वैशाख ६ मा सर्‍यो। चोथौं पटक परीक्षा सम्बन्धि प्रकाशित सूचना अनुसार विश्वविद्यालयका ४ वटै संकायको परीक्षा वैशाख १६ गतेदेखि सञ्चालन हुने कार्यक्रम छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?