पासवर्ड कति सुरक्षित ?

तपाईँको पासवर्ड यी त होइनन् ?

तपाईँको पासवर्ड यी त होइनन् ?
+
-

तपाईँको सामाजिक सञ्जाल तथा इमेल एकाउन्टको पासवर्ड ‘१२३४५६’ हो भने परिवर्तन गर्ने बेला भयो ।

पछिल्लो पटक गरिएको अनुसन्धानमा यो पासवर्ड इन्टरनेटमा सबैभन्दा जोखिमयुक्त पासवर्डको रुपमा देखिएको हो । यस्तो पासवर्ड भएका एकाउन्ट ह्याक हुने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै नाम, खेल टिम तथा कसम जताउने शब्दहरु पासवर्डका रुपमा प्रयोग गरिएको भए ती पनि जोखिममा छन् । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनएससी) गरेको अध्ययनमा यस्ता पासवर्ड रहेका विश्वभरका इन्टरनेट प्रयोगकर्ताको एकाउन्ट जोखिममा रहेको पाइएको हो ।

विश्वभर ‘१२३४५६’ आफ्नो एकाउन्टको पासवर्डको रुपमा प्रयोग गर्नेको संख्या २३.२ मिलियन भन्दा बढि रहेको पाइएको छ, जुन ह्याक गर्न सजिलो हुन्छ । यस्तै ‘१२३४५६७८९’ लाई पासवर्डका रुपमा ७.७ मिलियनले प्रयोग गरेका छन् ।

यस्तै ‘क्वेर्टी’ र ‘पासवर्ड’ लाई पासवर्डका रुपमा प्रयोग गर्नेको संख्या ३० लाख भन्दा बढि छ ।

बेलायतमा गरिएको अध्ययन अनुसार बढि प्रयोग हुने पासवर्डको सूचिमा पाँचौँ नम्बरमा ‘११११११’, छैटौँमा ‘१२३४५६७८’ सातौँमा ‘एबिसी१२३’, आठौँमा ‘१२३४५६७’, नवौँमा ‘पासवर्ड१’ र दशौँमा ‘१२३४५’ रहेका छन् ।

यस्तै ‘आइलभयु’, ‘मङ्की’, ‘ड्रयागन’ सहितका पासवर्डहरु पनि बढि प्रयोग हुनेमा परेका छन् । आफूले सम्झिन सकिने तर ‘र्‍याण्डम’ अंक वा अक्षरसहितको पासवर्ड प्रयोग गर्न सुझाव दिइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?