पोखरा विश्वविद्यालयमा तनाव ! प्रहरीसँगको झडपमा एक विद्यार्थी घाइते

पोखरा विश्वविद्यालयमा तनाव ! प्रहरीसँगको झडपमा एक विद्यार्थी घाइते
+
-

पोखरा-पोखरा विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी विद्यार्थीबीच झडप भएको छ।

अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थी प्रदर्शन सहित केन्द्रीय क्याम्पसका सबै विभाग कार्यालयमा तालाबन्दी गर्न खोज्दा आइतबार प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भएका छन्। मेहताको लेखनाथ सामुदायिक अस्पताल शिशुवामा उपचार भई घर फर्किसकेका छन्।

यसअघि शुक्रबार प्रशासन कक्ष र परीक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४ विद्यार्थीलाई प्रहरीले ८ घन्टा नियन्त्रणमा लिइ छाडेको थियो।
स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सि’ ग्रेड ल्याउनुपर्ने भएपनि ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई रजिस्ट्रेशन लिई परीक्षामा सहभागि गराउन सर्वोच्च दिएको आदेश विरुद्ध विद्यार्थी आन्दोलित छन्। ग्रेड विवादले विश्वविद्यालयको परीक्षा ३ पटकसम्म स्थगित भइसकेको छ।

अवैधानिक रुपमा ग्रेड मापदण्ड नपुगेका विद्यार्थीको परीक्षा लिन नहुने र सम्बन्धन प्राप्त ४२ क्याम्पसलाई कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेविसंघ नेता फिरोज सुवेदीले जानकारी दिए।

विद्यार्थीको योग्यता मापदण्डको विषयमा गएको ७ गते शनिबार विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्टे«सन नगर्ने निर्णय गरेको थियो।

निर्णय सार्वजनिक भएपछि ग्रेड विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। विद्यार्थी मन्दिप खड्का समेतले विश्वविद्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए।

खड्काको रिटमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले गएको १२ गते परीक्षाबाट विद्यार्थीलाई बञ्चित नगर्न आदेश गरेको छ। विश्वविद्यालयले सोमबारदेखि ४ वटा संकायको परीक्षा कार्यक्रम तय गरिसकेको छ।

विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भएकोले ‘डि प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागि गराउने निर्णय परीक्षा समितिले गरिसकेको जानकारी दिए। विद्यार्थीले अवरोध गर्न खोजेपनि परीक्षा नरोकिने उनल बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?