
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिबहरुको सपथ ग्रहण गराइएको छ।
आइतबार धनगढी स्थित प्रदेश कार्यालयमा नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम रावलले सपथ ग्रहण गराएका हुन।
तीन जिल्लाका सचिवहरुले भने सो कार्यक्रम बहिष्कार गरेका छन्। उनीहरुले आफुभन्दा जुनीयर लाई अध्यक्षको जिम्मेवारी तोकेकोमा असन्तुष्टी जनाउँदै कार्यक्रमको बहिष्कार गरेका हुन।
सपथ नखानेमा तत्कालिन नेकपा एमालेका डडेल्धुरा अध्यक्ष डाक्टर तारादत्त जोशी, बझाङका दिलबहदुर सिंह, दार्चुलाका रामदत्त जोशी रहेका छन् । बहिष्कार गरेका तिनै जना पुर्व एमालेको माधव नेपाल पक्षधरका नेता हुन।
सपथ ग्रहण कार्यक्रममा नेता भीम रावलले पार्टी एकिकरणको महत्वपुर्ण चरणमा प्रबेश गरेको बताए। उनले चाँडै अब पार्टीका अन्य निकायमा पनि एकिकरण भई पार्टीले गति लिने बताए।
सपथ ग्रहण कार्यक्रममा नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, नेकपाका सुदूरपश्चिम सह–ईन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष कर्णबहादुर थापा लगायतको सहभागिता रहेको थियो।