कालोपत्रे गरिएको ५ महिनामै सडकमा घाँस उम्रियो

कालोपत्रे गरिएको ५ महिनामै सडकमा घाँस उम्रियो
+
-

धनगढी-कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा भरखरै कालोपत्रे गरिएको गेरेपानी –तेघरी सडकमा घाँस उम्रिएको छ। गेरेपानी देखी शक्ति कटेज सम्मको करिब डेढ किलोमिटर सडक कालोपत्रे भएको ५ महिना नबित्दै घाँस उम्रिएको हो।

कालोपत्रे गरिएको सडकको बिच भागमा घाँस उम्रिएपछि स्थानीयबासी आक्रोसित बनेका छन्। बर्षौदेखि हिलो र धुलो भएको सडकमा आबत जावत गरिरहेका स्थानीयहरु सडक कालोपत्रे भएपछि खुसी भएका थिए। तर कालोपत्रे गरिएको ५ महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको आरोप स्थानीयको छ।

सडक निर्माणका क्रममा नै बिभिन्न त्रुटिहरु देखिएको र त्यो बेला आफुहरुले आवाज उठाउदा कसैले पनि नसुनेको स्थानीय बताउँछन्।सडक कालोपत्रे भइरहेको बेला सम्बन्धित निकायको वेवास्ताका कारण यस्तो अवस्था सृजना भएको उनिहरुको आरोप छ।

ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहिकै कारण सडकको छेउछाउ देखी बिच भागमा घाँस उम्रिन थालेको छ।यस बिषयमा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु भने बेखबर रहेका छन्।

गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीलाई यस बारे सोध्दा आफूले पनि घाँस उम्रिएको भन्ने सुनेको तर अनुगमनमा नगएको बताए। उनले चाँडै अनुगमन गरि ठेकेदार कम्पनीसंग बुझ्ने बताए।

गोदावरी नगरपालिकाका इन्जिनियर रुद्र बहादुर बोगटीले घाँस उम्रिएको बिषयमा अहिले सम्म कुनै जानकारी नआएकाले आफुले यस बिषयमा बुझ्ने बताए। उनले कालोपत्रे गरिएको सडकमा निरन्तर सवारी साधनहरु चल्नुपर्ने भएपनि सो सडकमा कमै संख्यामा सवारी साधनहरु चल्ने हुदा यस्तो समस्या आएको हुन सक्ने बताए।

कालोपत्रे सडकको बिच भागमा घाँस उम्रिनु ठेकेदार कम्पनीको पनि लापरबाही रहेको बताउँदै उनले यसको सुधारका लागि ठेकेदार कम्पनीलाई चिठ्ठी काट्ने जानकारी दिए।

१४ सय ५० मिटर लम्वाई रहेको उक्त सडक गोदावरी नगरपालिकाको बजेटवाट निर्माण गरिएको हो।७७ लाखको लागतमा निर्माण गरिएको उक्त सडक निर्माणको जिम्मा श्रीपुर सत्य ,सबित्रि जे.वि कम्पनीले पाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?