हेल्थ टिप्स

सामान्य कुराहरु पनि बिर्सिने समस्या छ? ‘अल्जाइमर’ भएको हुन सक्छ!

सामान्य कुराहरु पनि बिर्सिने समस्या छ? ‘अल्जाइमर’ भएको हुन सक्छ!
+
-

काठमाडौँ– मानिसको उमेर बढ्दै जाँदा सामान्य कुराहरु बिर्सिदै जाने समस्या धेरैलाई हुने गर्दछ। कतिपय व्यक्तिलाई यस्तो समस्या सामान्य हुन्छ भने कतिपयका लागि गम्भीर बन्दै जान्छ।

वृद्धा अवस्थामा अलिअलि बिर्सनु सामान्य मानिने गरेता पनि बिर्सिने बानी बढ्दै जानुलाई डाक्टरहरुले अल्जाइमर रोग भन्ने गरेका छन्।

यो रोग वृद्धा अवस्थाका व्यक्तिहरुमा देखा पर्ने गर्दछ। अल्जाइमर भएका व्व्यक्तिहरुलाई पागल समेत भन्ने गरेको पाइन्छ। यद्यपि अल्जाइमर भएको परिवारमा थाहा भयो भने पनि समाजका डरले वा आफ्नो प्रतिष्ठाका कारण लुकाएर राख्ने गरेको पाइन्छ।

सामान्यतया ६०–६५ वर्ष उमेरपछि अल्जाइमर रोग लाग्ने र त्यो पछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जाने जानकारहरुले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले तयार पारेको २०१८ को तथ्याङ्क अनुसार प्रत्यक तीन सेकेन्डमा विश्वभर जन्मने बच्चामध्ये एक जना अल्जाइमरको बिरामी हुन्छ।

तर, नेपालमा भने यकिन तथ्याङ्क नभएता पनि जनसंख्याको आधारमा ९० हजार अल्जाइमरका विरामी रहेको अनुमान गरिएको छ।

के हो अल्जाइमर?


स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ। अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो। यो रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ।

समयमै यसको पहिचान हुन सक्यो भने यसलाई रोकथाम गर्न सकिने चिकित्सकहरुले बताएका छन्। तर रोग बिस्तारै बढ्दै गयो भने यसको निदान हुन नसक्ने डा. गौरिशंकर लाल दासले बताए।

उनले भने,‘अल्जाइमरको सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन् र वुद्धी ह्रास हुँदै जाने छ, जसले गर्दा उनीहरु आफ्नो दैनिक कार्य गर्न नसक्ने अवस्थामा पुग्छन।’

उनीहरुले दैनिक कामहरू जस्तै खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउने काम गर्न सक्दैनन्। यतिमात्र नभएर उनीहरु आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्थामा पुग्ने गर्दछन्। विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो।

अल्जाइमर भएका व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। यो रोग मस्तिष्कका कोषिकाहरू नष्ट भएर हुने भएता पनि यसको ठोस कारण अहिलेसम्म पनि पत्ता लाग्न नसकेको डा. दासले बताए।

लक्षण


यो रोग विस्तारै बढ्दै जाने भएकाले सुरु–सुरुको अवस्थामा ‘प्रस्ट लक्षणहरू’ देखिँदैनन्। तर उमेर, शारीरिक अवस्था तथा रोगको प्रकृति अनुसार यस्ता लक्षणहरु देखिन्छन्।

कुनै पनि घटना, फोन नम्बर, भेटघाटको कार्यक्रम बिर्सनु

अरूले भनेको कुरा नबुझ्नु

सामान हराइरहनु

एकाग्रतामा कमी हुनु

जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु

एउटै कुरा बारम्बार  दाेहाेर्‍याइरहनु

डिप्रेसन हुनु

भाषिक समस्या हुनु

एक ठाउँमा राख्नु पर्ने सामान अर्कै ठाउँमा राख्नु

बाटो बिर्सनु।

निन्द्रामा समस्या पर्नु

आधारभूत कामहरू गर्न नसक्नु

तौल घट्नु

परिवारका सदस्यहरूलाई नचिन्नु

समयमै यसको पहिचान हुन सक्यो भने यसलाई रोकथाम गर्न सकिने तर रोग बिस्तारै बढ्दै गयो भने यसको निदान हुन नसक्ने चिकित्सकहरु बताउँछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?