
धनगढी- जिल्ला प्रहरी कार्यलय बाजुराले विप्लव समूहका बाजुरा जिल्ला ईन्चार्जसहित १० जनालाई प्रक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट जिल्ला ईन्चार्ज सहित १० जना कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले जानकारी दिए।
प्रक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन्।
त्यस्तै विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलवार प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले प्रक्राउ गरेको हो।
प्रहरीले प्रक्राउ सँगै उनिहरु बाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा त्यस्तै २ पाकेट गन पाउडर बरामत गरेको छ।
त्यस्तै लाखौं रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख उद्धब भाटले बताए।
प्रक्राउ परेका बिप्लव समुहका कार्यक्रतालाई मुद्धा चलाउने प्रहरीले जनाएको छ।