एउटाको सम्झौतामा अर्कैको पसल

‘भाडा नतिर्ने व्यवसायीलाई पानीमुनि गए पनि छाडिन्नँ’

‘भाडा नतिर्ने व्यवसायीलाई पानीमुनि गए पनि छाडिन्नँ’
+
-

पोखरा – आर्थिक स्रोत जुटाउन पोखरा महानगरले पोखराका विभिन्न ५ ठाउँमा भवन तथा सटर निर्माण गरी भाडामा दियो ।

सम्झौता भएअनुसार भाडा तिर्छाैं भनेर कागज गरेका व्यवसायीले महानगरलाई वास्ता गरेनन् । महानगरले पनि भाडा उठाउन चासो देखाएन ।
जनप्रतिनिधि चुनिएर आएको झन्डै डेढ वर्षपछि २०७५ मंसिरमा खातापाता पल्टाइयो ।

भाडाबापत बर्सेनि २ करोड ७ लाख ४२ हजार महानगरलाई आम्दानी हुन्छ । गत वर्षको मंसिर मसान्तसम्म सटर प्रयोग गरेर व्यवसाय गर्नेले ३ करोड २६ लाख भन्दा बढि रकम तिर्नुपर्ने देखियो । पत्रपत्रिकामा समाचार आएर हल्लीखल्ली मच्चिएपछि भाडा उठाउन महानगर केही तातेजस्तो देखियो ।

वैशाख ८ गते महेन्द्रपुलका ६ सटर र राष्ट्र बैंक चोकका ४ सटरमा महानगर कर्मचारीले ताला लगाए पनि चाबी भने भाडा नतिर्ने व्यवसायीकै हातमा थमाइयो ।

महानगरको टोली फर्केलगत्तै उनीहरुले छ सटर खोले र अहिले पनि निर्वाध व्यापार चलाइरहेका छन् ।

पत्र काट्ने, महानगर कार्यालय न्युरोड डाक्ने, बेलाबेला नगर प्रहरी पनि पठाइहाल्ने, तालाचाबी पनि लाएझैँ महानगरले गर्दै आएको छ । आजसम्म पनि सटर प्रयोग गरेर लाखौं कमाउने तर मासिक केही हजार नतिर्ने व्यवसायीलाई कडा कारबाही गर्नुको साटो नरम व्यवहारले हौस्याइरह्यो ।

जसकारण महानगरको दर्जनौँ ताकेतालाई व्यवसायीले अटेर गर्दै आइरहेको भेटिएको छ । २०७६ वैशाखसम्मको सटर तथा भवन भाडा १ करोड ७० लाख रुपैयाँ उठ्न बाँकी देखिन्छ ।

गत वर्षको मंसिरदेखि हिसाब पल्टाएर चासो दिएको महानगरले ५ महिनामा डेढ करोड रुपैयाँ भन्दा बढी उठाउन सकेन । लाखौँ रुपैयाँ एकै व्यवसायीको नाममा देखिएको छ ।

२०७२ भदौ १५ देखि सम्झौता भएका सटरबाट हालसम्म भाडा उठाउन नसक्नु स्वयं महानगर दोषी भएको जानकार बताउँछन् । महानगरले स्रोत जुटाउन भनी करौडौँ रुपैयाँ लगानीमा बनाइएका भवन तथा सटरबाट आम्दानीको साटो उल्टो विचौलियालाई पोस्ने काम भइरहेको उनीहरुको भनाई छ ।

रकम नतिर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याइछाड्ने महानगरका कर अधिकृत शिवहरि शर्मा बताउँछन् ।

धरौटी रकम जफत गरेर भए पनि असुली छाड्ने उनले जनाए । ‘सम्झौताको समयमा महानगरमा व्यवसायीले जम्मा गरेको धरौटीबाट असुल गराउँछौँ’ उनले भने, ‘यदि कार्यपालिका बैठकबाट अन्य निर्णय नभए त्यो एउटा विकल्प हो ।’

मासिक भाडा दरको कुल ३ महिनाको रकम धरौटी बापत व्यवसायीले महानगरमा दाखिला गरेका छन् । तर व्यवसायीले तिर्नुपर्ने भाडा भने धरौटीभन्दा कयौं गुणा बढी छ । महेन्द्रपुल ‘क ब्लक’मा गमालदिन मियाले सटर प्रयोग गरेबापत मासिक ४० हजार रुपैयाँ तिर्नुपर्ने सम्झौता छ ।

वैशाखसम्मको उनले तिर्न बाँकी नै ६ लाख ८० हजार रुपैयाँ देखिएको छ । गमालदिनजस्तै २५ भन्दा बढी व्यवसायीबाट रकम असुल्न महानगरलाई सहज छैन ।

एउटाको सम्झौतामा अर्कैको पसल


महेन्द्रपुलमा महानगरका ३ ब्लक ‘क, ख, ग’ मा ३२ सटर छन् । सम्झौता अनुसार वार्षिक ९० लाख भन्दा बढि रकम भाडा बापत महानगरलाई प्राप्त हुनुपर्ने हो ।

तर ती सटरबाट हालसम्म ६२ लाख ३३ हजार रुपैयाँ उठ्न बाँकी छ । राजश्व शाखाका १ कर्मचारी भन्छन्, ‘जसले व्यवसाय गर्छु भनेर सटर भाडा सम्झौतामा लिए उनीहरुले नाफा खाएर अर्कैलाई भाडा लगाएका छन् ।’

यो समस्या महेन्द्रपुलमै बढी छ । महानगरका कर्मचारी अनुगमनमा जाँदा सम्झौता गर्ने व्यक्ति नभेट्दा समस्या परेको छ । राष्ट्रबैंक चोकमा महानगरका ९ सटर छन् । जसबाट बर्सेनि २५ लाख रुपैयाँ भन्दा बढी भाडा उठ्छ । तर त्यहाँका व्यवसायीले समेत महानगरलाई वैशाखसम्मको हिसाबमा २६ लाख ३५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

त्यहाँ पनि विचौलियाकै कारण रकम उठ्न नसकेको महानगरको ठम्याइ छ । त्यहाँका प्रति सटरबाट १ लाख देखि ६ लाखसम्म उठ्न बाँकी देखिन्छ ।

सिर्जनाचोकस्थित सपिङ कम्प्लेक्स र लेखनाथ अर्घौचोकस्थित भवनबाट महानगरलाई रकम असुल्न हम्मे परिरहेको छ । पटकपटकको आग्रहलाई बेवास्ता गर्र्दै आएका त्यहाँका व्यवसायीले महानगरलाई भाडा बापतको रकम बुझाएका छैनन् ।

सिर्जनाचोकको सपिङ कम्प्लेक्स जस्ट इन टाइम कन्स्ट्रक्सनले ५ वर्षका लागि भाडामा लिएको थियो । उक्त कम्प्लेक्स वार्षिक ७६ लाख भाडा सम्झौतामा दिइएको हो । तर उसले हालसम्म महानगरलाई ७६ लाख रुपैयाँ भन्दा बढी बुझाएको छैन ।

अर्घौचोकस्थित ५ कोठे भवन कसमस कम्प्युटरले प्रयोग गर्छ । कसमसले उक्त भवन प्रयोग गरेबापतको ३ लाख ७८ हजार रुपैयाँ तिर्न बाँकी छ ।

पानीमुनि गए पनि छाडिन्नँः मेयर जिसी


सम्झौता गर्दा १ व्यक्तिले गर्ने र पछि अन्यलाई देखाएर उम्कने परीपाटी विरुद्ध महानगरले कडा नीति लिने मेयर मानबहादुर जिसीले बताए ।

‘सटर प्रयोग गर्ने तर भाडा नतिर्ने कोको छन्, विवरण तयार छ,’ उनले भने, ‘आगामी कार्यपालिका बैठकमा पेस गर्न सम्बन्धित फाँटका कर्मचारीलाई निर्देशन दिइसकेको छु । बैठकबाट निर्णय गराएर कारबाहीको दायरामा ल्याउँछौं ।’

सरकारी भवन प्रयोग गरेर भाडा नतिरे पनि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्ने भन्दै उनले जहाँ गए पनि नछाडिने बताए ।

‘महानगरलाई तिर्नुपर्ने पैसा नतिरी सुख छैन्, पानीमुनि गए पनि छाडिन्नँ’, उनले थपे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?