
चढिसकेको
मभित्रको देवत्त्व
झार्न नखोज।
विमानस्थल
रित्तो गाग्रो देखाइ
स्वागत गर्छ ।
पर्ख है पर्ख !
निद्रा बिथोल्ने ‘रैती’
फरक्क फर्क ।
नाथे आकाश
बेकार जाोरी खोज्छ
चिन्दै चिन्दैन।
कर्मपूजारी
यात्रा देवपथको
ऊँ नमो नम !
जुन देशमा
‘देव’ ‘देवी’ पूजिन्नन्
अनिष्ट फाप्छ ।
विश्राम-शान्ति
साकुराको देशमा
कर्म-पूजन ।
माकुराहरु !
अभिषेक गर्दैछन्
अनुहारभरि !
‘आलु’ फलेछ
सम्वृद्ध बारीभित्र
‘लोखर्के’ पाल !
लालीगुँरास
सत्ता नजिकै फूल्यो
रा…………तो माटोमा !