विश्व प्रेस स्वतन्त्रता दिवसमा अनाथ बालबालिकालाई सहयोग

विश्व प्रेस स्वतन्त्रता दिवसमा अनाथ बालबालिकालाई सहयोग
+
-

धनगढी– विश्व प्रेस स्तन्त्रता दिवस शुक्रबार देशभरी र्‍याली, अन्तरक्रिया र प्रभात फेरी गरेर मनाईरहेका वेला नेपाल पत्रकार महासंघ, कैलाली शाखाले भने अनाथ बालबालिकालाई सहयोग गरेर मनाएको छ।

पत्रकार महासंघ कैलाली शाखाले दिवसको अवसर पारेर धनगढीमा रहेको आमाको माया छात्रवासमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेसनरी र खाद्यान्न हस्तान्तरण गरेको छ।

आमाबाबु तथा अभिभावक नभएका बालबालिकालाई सहारा दिईरहेको आमाको माया छात्रवासमा ३५ जना अनाथ तथा असहाय बालकहरु अध्ययन गरिरहेका छन्।

धनगढीमा कार्यरत पत्रकारहरु महासंघको नेतृत्वमा आमाको माया छात्रवासमा पुगी चामल, दाल, कपी, पेन्सिल लगायतका सामाग्री  विद्यार्थीलाई हस्तान्तरण गरे। शाखा अध्यक्ष जगत साउदले भने– ‘थोरै भएपनि अनाथ बालबालिकालाई राहत होस् भनेर दिवसको अवसरमा सहयोग गरेका हौँ।’ उनले देशभरी नै र्‍याली, अन्तरक्रिया लगायतका कार्यक्रमहरु भईरहेका र केही रचनात्मक काम गरौँ भनेर सहयोग गरेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपसभापति उमिद प्रसाद वागचन, पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्याल लगायत धनगढीमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?