
काठमामाडौं-सरकारले डिजिटल नेपालको अवधारणामा पाँच वर्षीय योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ।
संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सूचना प्रविधिमा सरकारको विविध कार्यक्रमहरु प्रस्तु गरेकी हुन।
राष्ट्रपतिले पहिलो नम्बरमा सरकारले आगामी वर्षभित्र सबै सकारी विद्यालयमा ब्रोडब्याड ब्याण्ड विस्तार सम्पन्न बताइन्।यस्तै सबै सरकारी सेवाहरु अब विद्युतीय कारोबारबाट हुने बताइन् भने बायोमेट्रिक प्रणालीबाट सबै नेपालीको राष्ट्रिय परिचय पत्र बनाइनेछ।
यस्तै प्रविधिमार्फत बजेटको तर्जुमा र खर्चको रेखाङकन गरिनेछ भने मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान आगामी दुइ वर्षभित्र सञ्चालनमा ल्याइनेछ।
यस्तै स्वास्थ्यतर्फ टेलिमिडिसिन तथा आधारभूत चिकित्सा सेवा प्रदान गरिनेछ। केन्द्रीय स्वास्थ्य सेवालाई अत्याधुनिक र प्रविधियुक्त बनाइनेछ।
कृषिको आधुनिकिकरण गरी प्रविधिमा आधारित कृषि प्रणालीमा युवाहरुलाई सहभागी गराइनेछ।
यसका साथै कृषि उपज तथा निर्माणका लागि आधुनिक प्रयोगशालाको निर्माण गरिनेछ। यस्तै प्रविधिको प्रयोग गरी भूमि वितरणलाई सहज र सरल बनाइनेछ।