सुदूरपश्‍चिम प्रदेश सरकारले लोक सेवा आयोग सम्बन्धि विधेयक पेश गर्ने

सुदूरपश्‍चिम प्रदेश सरकारले लोक सेवा आयोग सम्बन्धि विधेयक पेश गर्ने
+
-

धनगढी- सुदुरपश्‍चिम प्रदेश सरकारले लोक सेवा आयोग सम्बन्धी बिधेयक प्रदेश सभामा पेश गर्ने भएको छ।

मन्त्रीपरिषद्‌को शुक्रबार बसेको बैठकले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्‍य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभाको बजेट अधिवेशनमा पेश गर्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषदबाट स्वीकृति पाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सभाको बजेट अधिबेशनमा विधेयक पेश गर्ने प्रदेश सरकारले जानकारी दिएको छ।

मुख्यमन्त्री कार्यालयले तयार गरेको सो विधेयक प्रदेश सभामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गर्ने छ । प्रदेश सभाबाट यो विधेयक पारित भएपछि प्रदेशमा लोक सेवा आयोग गठन गरी प्रदेश सरकारलाई कम परेको जनशक्ति भर्ना गर्न बाटो खुल्ने आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

मन्त्रीपरिषदको शुक्रबारको बैठकले ‘प्रदेश आर्थिक नियमावली–२०७६’ लाई पनि स्वीकृति प्रदान गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सो नियमावली पारित भएको हो।

सोही मन्त्रालयको प्रस्तावमा बैठकले ‘बहुवर्षीय ठेक्का बन्दोवस्त सम्बन्धिको निर्देशिका २०७६’ लाई पनि स्वीकृति दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री शाहले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?