फैसला कार्यान्वयन समितिमाथि नै शंका !

फेवाताल जोगाउने अन्तिम आश

फेवाताल जोगाउने अन्तिम आश
+
-

पोखरा – सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते फेवाताल संरक्षण सम्बन्धी तीनै तहका सरकारलाई आदेशसहित महत्वपूर्ण फैसला गर्‍यो । जिम्मेवारी बाँडफाँडसहितको फैसलाको पूर्ण पाठ २०७५ माघ २ गते संघीय सरकारमार्फत गण्डकी प्रदेश सरकारकहाँ आइपुग्यो ।

फैसला कार्यान्वयनका लागि गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्‍यो ।

समितिले अदातलको फैसला कार्यान्वयनका लागि सहजीकरण गर्ने भन्दै प्रदेश सांसद रामजीप्रसाद बरालको संयोजकत्वमा एक उप–समिति गठन गर्‍यो ।

सर्वाेच्चले प्रदेश सरकारलाई ६ महिनामा फेवातालको चारकिल्ला प्रमाणित गरी ६५ मिटरभित्र पर्ने भवन संरचना हटाउन आदेश गरेको छ ।

सर्वाेच्चले फेवातालको अतिक्रमित जग्गा छानबिन सम्बन्धमा गठित विश्वप्रकाश लामिछाने नेतृत्व समितिको प्रतिवेदनलाई आधार मानी उक्त समयमै काम सम्पन्न गर्न भनेको छ ।

एक वर्षभित्र अवैधानिक दर्ता भएका ९ सय ५० जनाको लालपुर्जा बदर गरी १ हजार ६ सय ९२ रोपनी जग्गा तालको नाममा फिर्ता ल्याउन आदेश छ ।

तर फैसलाको पूर्णपाठ आएको ४ महिना बितिसक्दा पनि मन्त्री नेतृत्व समिति र सहजीकरण समितिले फेवाताल संरक्षणसँग कुनै पनि काम प्रभावकारी रुपले थाल्न नसक्दा समितिमाथि नै शंका उब्जिएको शुक्रबार यहाँ आयोजित अन्तक्र्रियाका सहभागीले बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटन मन्त्री विकास लम्सालसहितका सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई सहभागीले अदालतको आदेश पालना नभए गम्भीर समस्या देखिने बताए ।

जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्य पौडेलले बर्सेनि ताल अतिक्रमण बढिरहेको सुनाउँदै सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निकाय नै अलमले कार्यक्रममा अल्झिरहेको आरोप लगाए ।

‘तालको जग्गा यति खाए, यसरी खाए सुनाएरमात्रै भएन,’ उनले भने, ‘पहिले तालको जग्गा अधिकार प्राप्त समितिले यकीन गर्नुपर्‍यो अनिमात्र अरुलाई देखाउन पाइन्छ ।’

प्रदेश सरकारले तालको नाममा छुट्याएको १० करोड खर्च नहुनुले सरकारको कार्यक्षमता माथि प्रश्न उठेको पौडेलले बताए । ‘ताल नै नरहे शृंगारेर मात्र हुँदैन’, उनले थपे ।

फेवाताल अतिक्रमण जग्गा छानबिन समिति प्रतिवेदन–२०६९ का अध्यक्ष विश्वप्रकाश लामिछानेले आफ्नो प्रतिवेदनलाई आधार बनाई सर्वोच्चले गरेको फैसला कार्यान्वयनमा बिलम्ब गर्ने बेला नभएको सुनाए ।

प्रतिवेदन तयारका क्रममा उच्चस्तरीय प्राविधिक टोलीले अध्ययन गरेकाले शंका नगर्न उनले आग्रह गरे ।

‘टेलिस्कोपमार्फत तालको चारकिल्ला सीमांकन भएको हो’, उनले भने, ‘हातमा फिता लिएर तालको छेउ नाप्न हिँड्दा प्रतिवेदनको मर्ममाथि शंका राखेको जस्तो हुन्छ ।’

प्रदेश सरकारद्वारा गठित फैसला कार्यान्वयन उपसमितिका सदस्य केही हप्ताअघि फेवाताल छेउमा हातमा फिता लिएर हिँड्ेको प्रसंगप्रति उनको कटाक्ष थियो ।

‘विश्वमा नयाँ कुनै अन्य प्रविधि छ भने, ‘ल्याएर प्रयोग गरौं । नत्र फिता लिएर हाँस्यापद नबनाऔं’, उनले भने ।

प्रतिवेदनले त्यसबेलामै स्पष्ट सिमांकन गरिसकेको सुनाउँदै थप सीमांकनको काम आवश्यक नभएको लामिछानेले जानकारी दिए ।

ताल क्षेत्र अतिक्रमित नगरेका जग्गाको विषयमा अधिग्रहण आवश्यक ठह¥याए उचित मुआब्जा दिएर तालको क्षेत्रफल बढाउन सकिने उनले सुझाए ।

सर्वोच्चले फैसलामा आधार बनाएको लामिछानेद्वारा प्रस्तुत प्रतिवेदनमा तालको जग्गा निरन्तर संकुचन हुँदै गइरहेको जनाएको छ । विसं २०१३ सालमा २२ हजार रोपनी अर्थात् १० वर्ग किलोमिटर क्षेत्रफल उल्लेख छ । त्यस समय हवाई सर्भे भएको थियो ।

तालकै क्षेत्रफल र सीमांकनलाई लिएर विभिन्न सरकारी तथा विदेशी निकायले समेत चासो दिएर ७ पटकसम्म नापी गरेका थिए ।

२०१८ सालमा भारत सरकारको सहयोगमा तालको नापी हुँदा १० वर्ग किलोमिटर नै देखाइएको छ । तर त्यसपछिको २०३१ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भेमा तालको बाँध नफुट्दै जम्मा ६ वर्ग किलोमिटरमा खुम्चिएको उल्लेख छ ।

पछिल्लो समय २०६४ सालमा केन्द्रीय नापी विभागले नै गरेको सर्भेमा तालको क्षेत्रफल ४.२ वर्ग किलोमिटरमात्र देखाइएको छ । प्रतिवेदनमा बर्सेनि ८.७ हेक्टरका दरले तालको क्षेत्र निरन्तर खुम्चिँदै गएको उल्लेख गरिएको छ ।

अदातलको फैसला कार्यान्वयनमा समस्या देखिए जनतालाई जानकारी गराउनुपर्ने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । ‘कार्यान्वयनमा संघीय सरकारका नियकाले टेरेनन् कि मुख्यमन्त्री र मन्त्रीले जवाफ दिनुपर्छ’, उनले भने, ‘कहिँकतै मुआब्जा दिनुपर्दैन, विवाद छैन भने अतिक्रमित संरचना हटाउन कसले रोक्यो ?’

फेवा संरक्षणमा जिम्मेवार पाएको निकायको मनोबलमा समस्या भएको नेकपा नेता झलकपाणि तिवारीले सुनाए । ‘फैसला कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकार बाध्यकारी हुन्छ’, उनले भने, ‘नापी विभागले स्पष्ट गरेको छ । तलमाथि गर्ने ठाउँ छैन । आवश्यक परे फेवा जोगाउन हामी सेना, पुलिस, सामाजिक मान्छे सबै बन्न तयार छौं । अघि बढ्नुहोस् ।’

फेवाताल पुरिनबाट जोगाउन जलाधार क्षेत्रका खोला संरक्षणको काम थालिहाल्न डा. देवेन्द्रबहादुर लामिछानेले आग्रह गरे । हर्पन, अँधेरी र सहायक खोलाबाट बगेर आउने ढुंगा माटोका कारण ताल जोखिममा परेको उनले जनाए ।

अदालतको फैसला छलफलका लागि होइन कार्यान्वयनका लागि भएको डा. लामिछानेले बताए ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखेले फोटो खिच्नकै लागि मात्रै गरिएको कामको अर्थ नरहने सुनाए । जिम्मेवारी पाएको निकायले कार्यान्वयन गर्नुको साटो अलमल गर्नु जायज नभएको उनले बताए ।

‘मिडियामा देख्छु, प्रदेश सरकारको बजेट नै खर्च भएको छैन रे । त्यो बजेट ल्याएर सबै फेवाताल जोगाउन हाल्ने हो कि,’ उनले भने । कार्यान्वयन गर्ने निकाय राम्रो भएन भने फैसला जस्तोसुकै राम्रो आएपनि काम नहुने उनको भनाइ थियो ।

सर्वोच्चले दिएको आदेश अनुसार जलाधार क्षेत्रका खोलाहरुमा चेकड्याम निर्माण गर्न महानगरले काम थालेको भएपनि प्रदेश सरकारले समन्वय नगरेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले दुखेसो पोखे ।

सिल्ट्रेसन र ड्याम निर्माणका लागि ३६ करोड रुपैयाँ लागतसहितको ५ खोलाको डिपिआर महानगरले तयार गरेको जानकारी उनले दिए ।

महानगरले सोही कामका लागि भनी ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि प्रदेशले थप बजेट दिन नचाहँदा काम रोकिएको उनले सुनाए ।

डोजर लिएर घर भत्काउन जाँदैनौंः मन्त्री लम्साल


मन्त्री विकास लम्सालले फैसला माथि छलफल गर्न नभई कार्यान्वयनमा जानुपूर्व आवश्यक राय लिन खोजेको बताए ।

‘कसैको चित्त दुखाएर गर्दैनौं’, मन्त्री लम्सालले भने, ‘समितिबाट काम भइरहेको छ, सिमांकनका लागि संघीय सरकारलाई पत्र पठाइसकेका छौं, प्रधानमन्त्रीलाई समेत आग्रह गरिसकेको छु ।’

डोजर लिएर कसैको घर भत्काउन प्रदेश सरकार नजाने बताउँदै मन्त्री लम्सालले ताल छेउको सुकुम्बासी समस्या समाधानका लागि पनि पहल थालिने बताए ।

काम गर्ने मनोबल बलियो भएको सुनाउँदै उनले छिट्टै नै प्रभावकारी कामको अनुभूति दिलाउने दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?