
श्रीपेच बिना
के !’मेरो सरकार’ ?
‘…………के माथि पोते’ !
उस्तै उस्तै भो
‘फानी’को पानी अनि
‘मेरो सर्कार’ !
लेख्नेले लेखे
नलेख्नेले देखे र !
खेदे सर्कार !
भाषा आ-आाफ्नै !
‘इदर या दिदर ‘
‘मेरो सर्कार’ !
प्रेम से बोलो
बयालिस पटक
मेरो सर्कार !
यस्तौ भनौं कि
शक्ति नचिन्नेलाई
….खुर्पाको बीँड ।
बेलायतमा हो?
इङ्लिसमा बोलिने !
सामान्य ज्ञान !
‘थाहै नपाइ
कसैले थपिदियो
यो कस्तो गीत !
झिसमिसेमा
मेरो धर्म चोरियो
त्यही गीत झैँ।
पारिजात झैँ
मेरो देश नझार
मेरो सर्कार..!
मुस्कुराउँछु
किन पाक्नुपर्यो र!
भ्रमको खेती।