जागिर खोज्न काठमाडौँ आएका युवक मृत फेला

जागिर खोज्न काठमाडौँ आएका युवक मृत फेला
+
-

काठमाडौँ – जागिर खोज्न काठमाडौँ आएका एक युवक मृत अवस्थामा फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिकाका २२ वर्षीय युवक लोक बहादुर महत भक्तपुरको गोठाटारमा मृत फेला परेका हुन् ।

गोठाटारमा एक सातादेखि साथीसँग बसिरहेका महतको शव नजिकैको ग्यारेजको डण्डीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि थप अनुसन्धानपछि मात्रै सत्य खुल्ने जनाएको छ ।

मृत फेला परेका महतले राति अबेरसम्म फोनमा कुरा गरिरहेको उनका साथी प्रज्वल मेहताले बताए ।

‘राति अबेरसम्म फोनमा कुरा गरिरहेको थियो, पछि म निदाइसकेको रहेछु, कतिबेला घटना भयो थाहा भएन, बिहान हुँदा यस्तोे घटना थाहा पाएँ’ मेहताले भने ।
मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?