प्रदेश-२ को एक वर्षे लेखाजोखा: मोदी भ्रमणदेखि झापडकाण्डसम्म

प्रदेश-२ को एक वर्षे लेखाजोखा: मोदी भ्रमणदेखि झापडकाण्डसम्म
+
-

जनकपुरधाम – देश संघीयतामा गई सकेपछि २०७४ मा मुख्यमन्त्रीले शपथ लिएपछि प्रदेश २ मा प्रादेशिक सरकार कार्यान्वयनमा आएर काम थालेको दोस्रो वर्षमा प्रवेश गरिसकेको छ । ०७४ फागुन ३ गते संघीय समाजवादी फोरमको उपाध्यक्ष लालबाबु राउतले जनकपुर चुरोट फ्याक्ट्रि परिसरभित्र एक भव्य समारोहका बीच मुख्यमन्त्रीको शपथ लिएका थिए ।

राउतका साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री जितेन्द्र सोनल भौतिक विकास मन्त्री र फोरमका विजय यादवले अर्थमन्त्रीको रुपमा शपथ लिए ।

मधेश आन्दोलनपछि कार्यान्वयनमा आएको प्रदेश सरकार एक वर्षको अवधि पार गरेर दोस्रो वर्षमा प्रवेश गरिसकेको छ । यहीक्रममा गत वर्ष २०७५ मा प्रदेश २ को केही घटनाहरु यस प्रकार छन् ।

प्रदेश सरकारको पहिलो बजेट

फागुनमा सरकार गठन भएको दुई महिनापछि प्रदेश सरकारले वैशाख ११ गते पहिलो पटक प्रदेशसभाबाट आफ्नो बजेट प्रस्तुत गरेको थियो ।

संघीय सरकारबाट प्राप्त अनुदानले प्रदेश सरकार तीन महिनाका लागि ल्याएको बजेटको आकार १ अर्ब २ करोड ५ लाख रुपैयाँको रहेको थियो । जसमध्ये चालुतर्फ ५६.६४ र पूँजीगत तर्फ ४६.३६ प्रतिशत रकम विनियोजन गरिएको थियो ।

प्रदेश सरकारको दोस्रो बजेट

प्रदेश सरकारे असार १ गते दोस्रो पटक आयव्ययको विवरण प्रस्तुत गरेको छ । संघीय सरकारबाट प्राप्त १६ अर्ब ९ करोड अनुदानसहित आन्तरिक आय स्रोतको अनुमान गर्दै प्रदेश सरकारले २९ अर्ब ७८ करोड ६९ लाखको बजेट प्रस्तुत ग¥यो । सरकारले ल्याएको नीति तथा कार्यक्रम सफलताको साथ पूरा गर्न आर्थिक वर्षको पहिलो दिनदेखि बजेट कार्यान्वयन गरिने बताईएको थियो ।

पहिलो पटक सदन अवरुद्ध

फोरम र राजपा सम्मलित प्रदेश सरकारलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले समर्थन गरेको थियो । सबैभन्दा ठूलो दल नेकपाले पनि सरकारलाई समर्थन दिएको भन्दै प्रमुख प्रतिपक्षी दलको मान्यता आफूहरुले पाउनु पर्ने भन्दै नेपाली कांग्रेस प्रदेशसभाको २४औं बैठक अवरुद्ध ग¥यो ।

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक पहिलो पटक स्थगित भएको थियो । पछि सभामुखले कांग्रेसलाई प्र्रमुख प्रतिपक्षी दललाई मान्यता दिएपछि बैठक सञ्चालनमा आएको थियो ।

जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण

वर्ष २०७५ को शुरुवातमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक जनकपुरको भ्रमण गरेका थिए । जुन भ्रमण देशमा मात्र न भई विश्वमा चर्चाको विषय बन्यो । जानकी मन्दिर दर्शन गर्न जनकपुर पुगेका भारतीय प्रम मोदीको उक्त भ्रमण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितको नेताहरु समेत जनकपुर आए । मोदीलाई स्थानीय रंगभूमि मैदानमा लाखौं जनताको सामुने नागरिक अभिनन्दन समेत गरिएको थियो ।


प्रदेशसभामा मुख्यमन्त्रीको आलोचना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि पहिलो पटक बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको आलोचना भएको थियो ।

मूलतः नेपाली कांग्रेस र नेकपाका सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीकै अगाडी केन्द्रीय सरकारको विभेदको कारण प्रदेश २ पछाडि परेको अभिव्यक्ति दिएपछी कांग्रेस र नेकपाका सांसदहरुले प्रदेशको समस्या विदेशी अतिथि समक्ष राखेर मुख्यमन्त्रीले निरिहता प्रदर्शन गरेको भन्दै आलोचना गरेका थिए ।


प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

२०७४ माघ २१ गते देखी शुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन जेष्ठ ३ गते अन्त भएको घोषणा गरिएको थियो ।

पहिलो अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव आउने अपेक्षा गरिएपनि प्रदेश सरकार अहिलेसम्म दुवै प्रस्ताव ल्याउन सकेको छैन । पहिलो अधिवेशनको क्रममा प्रदेशसभाको कूल २६ वटा बैठक बसेको थियो ।


मुख्यमन्त्रीको अमेरिका भ्रमणमा रोक

मधेशी एशोसिएसन इन अमेरिका नामक संस्था मई २५÷ २६ तारिखमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउतलाई अमेरिका जाने कार्यक्रम रहेको थियो ।

तर, संघीय सरकार राउतको अमेरिका भ्रमणलाई स्वीकृति प्रदान नगरेपछि उनको अमेरिका भ्रमण भएन भने संघीय सरकारको निकै आलोचना भएको थियो ।

यस्तै, प्रदेश २ का प्रमुख न्यायाधीवक्ता दीपेन्द्र झा राउतको अमेरिका भ्रमणमा लगाईएको रोक संघीय सरकारको निर्णय अपेक्षित नरहेको प्रतिक्रिया समेत दिएका थिए । उनले समाजिक सञ्जाल सहित विभिन्न सञ्चारकर्मीहरुसँग सो कुरा उल्लेख गरेका थिए ।

प्रदेश सरकारको सय दिने कार्ययोजना

जेष्ठ १० गते प्रदेश सरकारले सय दिन पुरा ग¥यो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै सरकारलाई समर्थन गरेको नेकपाले समेत सरकारको सय दिन असफल भएपछि आलोचना गरे । सरकारको सयदिन भाषणमा मात्र सीमित रहेको भन्दै उनीहरुले यस अवधिमा सरकारले दुई वटा विधेयकबाहेक अन्य केही गर्न नसकेको बताए ।

नेकपाद्धारा समर्थन फिर्ता

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा प्रदेश २ मा सबै भन्दा ठूलो दल बनेको छ । ठूलो दल भएर पनि सरकारलाई समर्थन गरेकोले उसले प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न सकेको थिएन ।

सरकारको काम कारबाहीको कारण देखाउँदै जेष्ठ १३ गते सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लियो । नेकपाले समर्थन फिर्ता लिएपनि गणितीय हिसाबले सरकारलाई कुनै किसिमको प्रभाव परेन ।

सरकारको कामकारबाहीबाट असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिएको बताएपछि प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नेकपाले यस्तो कदम उठाएको विश्लेषण समेत गरिएको थियो ।

आफ्नै दलको सांसदलाई झापड, मन्त्री सचीव झापडकाण्ड रह्यो ‘फेमस’

जेष्ठ २३ गते प्रदेशसभाको बैठक सम्पत्र भए लगतै नेकपाका सांसदहरु संसदीय दलको कार्यालय पुग्नु प¥यो ।

संसदीय दलको कार्यालयभित्र तत्कालीन एमालेको समानुपातिक सांसद मञ्जु यादवले धनुषा १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई थप्पड प्रहार गरेको खबरले चर्चा पाएको थियो ।

यस्तै, प्रदेशका अर्थमन्त्री विजय यादवले वनमन्त्रालयका सचिव विद्यानाथ झालाई झापड् प्रहार गर्दा प्रदेशको माहोल नै तातियो । मन्त्रीको झापडले सचिव बेहोस भएपछि अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आएको थियो र उनी केहीदिन अस्पतालमा बसे भने मन्त्रीलाई कारवाही हुने कुरा बाहिर आउँदा आउँदै बीच बाटौमै हरायो ।

सरकारको नीति तथा कार्यक्रम

प्रदेश सरकार आर्थिक वर्ष २०७५÷७६ को लागी आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ प्रदेशसभामा सम्बोधन गर्दै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको ‘हर खेत मे पानी, हर हाथ मे नोकरी’ श्लोगनले व्यापक चर्चा पाएको थियो । यता, प्रदेश सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कतिसम्म सफल रह्यो भने विश्लेषण हुन अझै बाँकी छ ।

प्रधानमन्त्री ओलीको प्रदेशसभामा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली भदौ २ गते प्रदेशसभामा सम्बोधन गरेका थिए । मोदी भ्रमण पछि प्रम ओलीको यो दोस्रो जनकपुर भ्रमण रहेको थियो ।

प्रदेशसभामा सम्बोधनको क्रममा ओली मलेठ घटना बारे चर्चा गरेका थिए । यस विषयमा ओलीले प्रदेशसभामा झुठो बोलेको भन्दै ठूलो आलोचना भएको थियो ।


जनकपुर–पटना बस सेवा

धार्मिक पर्यटक ल्याउने उद्देश्यले जनकपुर र विहारको पटनाबीच औपचारिक रुपमा बस सेवा सञ्चालन भयो ।

विहारको मुख्यमन्त्री नितिश कुमारले २७ गते भदौमा पटनाबाट बसको शुभारम्भ गरे भने जनकपुरबाट मुख्यमन्त्री लालबाबु राउतले भदौ ३० गते बस सेवाको औपचारिक शुरुवात गरेका थिए ।

बस सेवा सञ्चालन भएको केही दिनमै बन्द भएपनि अहिले दुवै देशबीच दैनिक चार वटा बस सञ्चालनमा रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?