धनगढीको तापक्रम ४२.१ डिग्री, ‘लु’ले जनजीवन प्रभावित

धनगढीको तापक्रम ४२.१ डिग्री, ‘लु’ले जनजीवन प्रभावित
+
-

धनगढी– धनगढीमा एकसातादेखि दिन प्रतिदिन तापक्रम बढिरहेकोछ। गत शनिबार देखि हरेक दिन तापक्रम बढिरहेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

फिल्ड कार्यालयका प्रमुख सिंगल चौधरीका अनुसार गत शनिवार ३७ डिग्री रहेको तापक्रम बढेर अहिले ४२.१ सम्म पुगेको छ। बुधवार अधिकतम तापक्रम ४१.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। धनगढीको न्यूनतम तापक्रम भने १९ डिग्री सेल्सियस छ।

बिहीवार दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४२.१ डिग्री मापन गरिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख चौधरीका अनुसार दिउँसोको भन्दा बेलुका साढे ५ बजे मापन हुने तापक्रम बढ्ने हुँदा आज बेलुकाको तापक्रम ४२.५ देखि ४३.० हुने अनुमान छ।

पछिल्लो एक सातादेखि तापक्रम ४०/४१ डिग्री सेल्सियसकै हाराहारीमा मापन गरिएको कार्यालयले जनाएको छ। पानी नपरेका कारण गर्मी अझै केही दिन कायमै रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ। महाशाखाका अनुसार धनगढीमा ३/४ दिन यता पानी पर्ने सम्भावना निकै न्यून छ। पानी नपरेसम्म तापक्रम नघट्ने कार्यालयको अनुमान छ।

तापक्रम बढ्दै जाँदा धनगढीमा जनजीवन प्रभावित भएको छ। चर्को गर्मीसँगै तातो हावाका कारण जनजिवन प्रभावित भएको छ। गर्मीका कारण धनगढीमा रिक्सा, ठेला चलाउने मजदुर, सडक पेटीमा मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। धनगढीमा चर्काे घामसँगै तातो हावा ‘लु’ समेत चल्न थालेको छ।

धनगढीसँगै अन्य बजारहरूमा समेत साँझ बिहान बाहेक दिउँसोको समयमा चहलपहल निकै घटेको र गर्मीका कारण बजारमा चिसो पेय पदार्थको बिक्री भने दोब्बर बढेको व्यवसायीहरूले बताए। गर्मी बढेका कारण ज्वरो, झाडापखाला, टाउको दुख्ने, पेट दुख्ने, रिंगटा लाग्ने तथा वान्ता हुने लगायतका बिरामी अस्पतालमा बढी आउन थालेका स्वास्थ्य संस्थाले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?