प्रदेश सभाको बजेट अधिवेशन जेठ १ गते आह्वान गर्न सिफारिस

प्रदेश सभाको बजेट अधिवेशन जेठ १ गते आह्वान गर्न सिफारिस
+
-

धनगढी–सुदूरपश्चिम प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो अधिवेशन जेठ १ गते आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्री परिषदको बिहीबार बसेको बैठकले बजेट अधिवेशनका रुपमा चिनिने बर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार मन्त्रीपरिषदको निर्णय बमोजिम बिहीबार नै प्रदेश सभाको अधिवेशन आह्वान गर्ने सम्बन्धी सिफारिस प्रदेश प्रमुखको कार्यालयमा पुर्‍याइएको छ।

बजेट पेश गर्नुभन्दा कम्तिमा दुई हप्ता पहिले नै सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुनुपर्ने प्रावधान छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, आगामी आर्थिक बर्षका लागि बजेट पेश गर्ने उद्देश्यले चौथो अधिवेशन आह्वान हुन लागेको हो।

यस्तै मन्त्री परिषदको शुक्रबारको बैठकबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७६ पनि पारित भएको छ।

यो कार्यविधि पारित भएसंगै सुदूरपश्चिम प्रदेशमा खाद्य तथा नुन डिपो सञ्चालन गर्न र चालू आर्थिक बर्षको बजेटमा उल्लेख गरिएका सुपथ मूल्य पसल सञ्चालन गर्न बाटो खुलेको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

चालू आर्थिक बर्षको बजेटमा प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एक सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ। आर्थिक बर्ष सकिन दुई महिना मात्रै बाँकी हुँदा सुपथ मूल्य सञ्चालन गर्ने बाटो खुल्ने गरी निर्देशिका पारित गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?