 
                            धनगढी– त्रिनगर भन्सार अत्तरिया ६ लेन सडक योजना निर्माण गर्ने समयावधि सकिन एक महिना मात्रै बाँकी रहँदा योजना अन्तर्गतका तीन वटा पुलको भने अझै ठेक्का समेत हुन सकेको छैन।
तीन खण्डमा निर्माण हुने सडक अन्तर्गत मोहना नदी, गेटा स्थित मनहरा खोला र गेटी खोलामा पुल निर्माण हुनेछन्। तर पुलको डिपिआर नै तयार हुन नसकेका कारण टेण्डर प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ। ६ लेन सडक आयोजना कार्यालयका अनुसार कन्सलटेण्टले निर्माण गरेको डिजाईनलाई सडक विभागले अध्ययन थालेको छ।
‘अध्ययन चित्त बुझ्दो भएको खण्डमा मात्रै सडक विभागले पुलको डिपिआर तयार पार्ने हो’, ६ लेन सडक आयोजना प्रमुख होमबहादुर ए.सीले भने,‘यदि केही त्रुटी भेटिएको खण्डमा फेरी सच्याइन लगाइन्छ, विभागको मापदण्ड अनुसार डिजाईन तयार भएपछि मात्रै डिपिआर तयार हुन्छ, त्यसपछि टेण्डर प्रक्रियामा जाने हो।’
सडक विभागले देशभरका सबै पुलको डिपिआर तयार पार्ने हुँदा ६ लेन सडक अन्तर्गत पर्ने पुलको टेण्डर प्रक्रियामा ढिलाई भएको हुनसक्ने योजना प्रमुख ए.सीले बताए।‘हामीले जतिसक्दो छिटो डिपिआर तयार पार्न विभागलाई दवाब दिइरहेका छौं’, योजना प्रमुख ए.सीले भने, ‘विभागले यसबर्ष डिपिआर तयार पारेर टेण्डर आह्वान गरेको खण्डमा अर्को बर्षदेखी धमाधम काम सुचारु हुने थियो।’
पुलको डिपिआर नै तयार नभइसकेका कारण लागत कति लाग्ने भन्ने बारेमा पनि प्रष्ट नभएको उनले बताए। आयोजना प्रमुख ए.सीका अनुसार ६ लेन सडक योजना निर्माण गर्ने समयावधी समेत थप्ने तयारी सडक विभागले गरिरहेको छ। तीन बर्ष सम्म निर्माण गरिसक्ने गरी सम्झौता भएपनि सो समयावधिमा ५० प्रतिशत सम्म पनि काम सम्पन्न नभएपछि विभागले निर्माणको समयावधी थप्ने तयारी गरेको हो।
‘विभिन्न समस्याका कारण १ बर्ष भन्दा बढी सयमसम्म सडक निर्माणको काम नै अगाडी बढ्न सकेन’, योजना प्रमुख ए.सीले भने,‘त्यसैले म्याद थप्नु आवश्यक छ।’ ठेक्का प्रक्रिया पछि काम सुचारु हुन नसकेको सयमलाई आधार मानेर समयावधि थप गरिने उनले बताए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































