 
                            धनगढी– बाजुरा सदरमुकाम मार्तडीबाट कोल्टि जाँदै गरेको लु ४ त ७८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा बुढिनन्दा नगरपालिका– ७ का २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको उपचारको क्रममा कोल्टि स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। दुर्घटनामा चालक सहित दुई जना घाइते भएका छन्।
घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १० का १९ वर्षिय खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका–३ का प्रकाश शाही रहेका छन्। घाइते दुबै जनाको कोल्टि स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।
ट्रयाक्टर बुढिनन्दा नगरपालिका–५ दानसागुमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































