 
                            धनगढी– अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटमा रहेको त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणका लागि जग खन्ने क्रममा थप सुनचाँदी फेला परेको छ।
क्याम्पसको जग खन्ने क्रममा थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको प्रहरीले जानकारी दिएको छ। यसअघि भवनको जग खन्ने क्रममा १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला चाँदी फेला परेको थियो।
त्यतिबेला फेला परेको सुन चाँदी मजदूरहरुले भागवण्डा गर्दा कुरा नमिलेपछि बाहिर आएको थियो। ती मजदुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि थप सुन चाँदी फेला परेको हो। सबै सुन र चाँदी प्रहरीको संरक्षणमा राखिएको छ।
पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। १४०९ सालमा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको थियो।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































