 
                            धनगढी– कैलालीको गोदावरी नगरपालिका, चुरे गाउपालिका र मोहन्याल गाउँपालिकाका विभिन्न वन क्षेत्रमा भीषण आगलागी भएको छ।
ति क्षेत्रका जंगलमा केही दिन यता भीषण आगलागि भईरहेको स्थानीयले बताएका छन्। ‘गोदावरी नगरपालिका वडा नम्वर ४ मा पर्ने सेती सामुदायिक वन खण्ड ‘क’ र ‘ख’का विभिन्न ठाउँमा आगलागी भईरहेकोछ’, बुढीतोलाका स्थानीय हरी खनालले भने,‘तराई क्षेत्रबाट र पहाड क्षेत्रबाट आगलागी भईरहेको छ।
उनका अनुसार आगलागीका कारण वनमा रहेका साना ठुला सबै रुखहरु जलेर नष्ट भएका छन्। आगो लागेर जंगल जलेपछि हरिया डाँडाकाँडा पुरै खरानीले काला बनेका छन्।
स्थानीयहरु रातभर आफ्नो घर जोगाउन जाग्राम बस्ने गरेका वडा नं. ४ का स्थानीय मुक्त अधिकारीले जानकारी दिए। अधिकारीले भने– ‘वनमा लागेको आगो नियन्त्रणको त कुरै छोडौँ, रातभर आफ्नै घर जोगाउन हम्मे–हम्मे परेको छ।’ वन क्षेत्रमा आगलागीसँगै हावाहुरी चल्ने भएकाले नियन्त्रण गर्न समस्या देखिएको बताईएको छ।
आगलागीकै कारण वनमा रहेका वन्यजन्तुहरु समेत समस्यामा परेका छन्। स्थानीयका अनुसार उक्त वन क्षेत्र भित्र ठुलो संख्यामा वन्यजन्तु मरेका छन्। वडा नम्बर ४ का वडा सदस्य शेर बहादुर घर्ती मगरले सयौं हेक्टर वन आगलागीले सखाप पारेको बताए।
वनमा लागेको आगो नियन्त्रणका लागि सरकारी निकायबाट भने कुनै पहल नभएको स्थानीयको गुनासो छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































