 
                            धनगढी– सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लले जेठ १ गते दिउँसो ३ बजे बस्ने गरी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयबाट आइतबार प्रदेश सभा सचिवालयमा अधिवेशन आह्वान गरिएको पत्र आइपुगेको सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए।
बजेट अधिवेशनका रुपमा चिनिने वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट निर्माण र त्यसका प्राथमिकताबारे छलफल हुनेछ। बजेट प्रस्तुत भइसकेपछि बजेटमाथि छलफल हुनेछ।
मन्त्री परिषदको गत बिहीबार बसेको बैठकले बजेट अधिवेशनका रुपमा चिनिने वर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































