पहाड-मधेशबीचको मन जोड्दै मैथिली नाटक ‘मिता आब कोना चलब’

पहाड-मधेशबीचको मन जोड्दै मैथिली नाटक ‘मिता आब कोना चलब’
+
-

काठमाडौँ-अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘मिता आब कोना चलब ?’ मञ्चन भइरहेको छ। पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरिएको नाटकमा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको छ।

नाटकमा पहाडी र मधेशीबीच उत्पन्‍न हुने मतभेद, यसले निम्त्याएका विभिन्‍न कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय वस्तुलाई नाटकमार्फत उठाउन खोजिएको निर्देशक कामतले बताए।

‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्‍यो,’ कामतले भने, ‘जसका कारण तराईमा बस्ने पहाडीमूलका र पहाडमा बस्ने मधेशी मूलका जनताले लामो समयसम्म तनाव झेल्नु पर्‍यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनःकायम भयो, यही विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको छ।’

साथै ‘मिता आबको नाच लब’ले मधेश आन्दोलन पछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको छ। ‘मिता आब कोना चलब’’को अर्थ मितज्यू अब कसरी जाने भएको निर्देशकले बताए। नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको नाटकमा सामान्य कृषि कर्म गर्ने व्यक्तिको परिवारमा पर्ने गरेको असरलाई सरल शैलीमा प्रस्तुत गरिएको छ।

नाटमा सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्। यही वैशाख २० गतेदेखि मञ्चन भइरहेको नाटक जेठ पाँच गतेसम्म चल्नेछ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?