साझा विवेकशीलले जेठ १ देखि सुदूरपश्चिममा भ्रष्टाचार विरुद्धको महा अभियान चलाउने

साझा विवेकशीलले जेठ १ देखि सुदूरपश्चिममा भ्रष्टाचार विरुद्धको महा अभियान चलाउने
+
-

धनगढी-साझा विवेकशिल पार्टीले आगामी जेठ १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ।

साझा विवेकशिल पार्टी सुदूरपश्चिम प्रदेश कमिटिले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै गाउँ गाउँमा सिंहदरबार संगै भ्रष्टाचार पुगेकाले आउँदो जेठ १ गतेदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने जानकारी दिएको छ।

साझा विवेकशील पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले भ्रष्टाचारलाई रोक्नु सबैको दायित्व भएकाले नागरिक जागरणको रुपमा अभियान सञ्चालन गरिने लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने–‘जनताले विकास र समृद्धिका लागि मत दिएपनि यसको दुरुपयोग भइरहेको छ, अहिलेकै गतिमा भ्रष्टाचार बढेमा समाज र देश नै संकटमा पर्ने छ।’

नागरिकलाई सचेत गराउने अभियानको उद्देश्य रहेको हमालले बताए । भ्रष्टाचार विरुद्धको महाअभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतका नेताहरुको सहभागिता रहने उनले जानकारी दिए।

कैलालीको टीकापुरबाट सुरु हुने महाअभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गर्ने साझा विवेकशिलको कार्यतालिका रहेको छ।यस महाअभियानलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत संयोजक हमालले सबैलाई आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?