त्यो प्रजातिको चरा, जो मृत्युबाट फेरि फर्कियो

१३६ हजार वर्ष पहिले लोप भएको चरा पुनः अस्तित्वमा

१३६ हजार वर्ष पहिले लोप भएको चरा पुनः अस्तित्वमा
+
-

झण्डै एक लाख ३६ हजार वर्ष पहिले पृथ्वीबाट लोप भएको चरा फेरि अस्तित्वमा आएको वैज्ञानिकले बताएका छन् ।

उड्न नसक्ने प्रजातिको चराको बास इन्डियन ओसनको अलडब्रा क्षेत्रमा थियो । तर समुद्रले सो टापुलाई पूर्ण रुपमा नष्ट गरेपछि चरा लोप भएको थियो । त्यहाँ उक्त चराका फ्लोरा तथा फउना थिए।

बेलायतको युनिभर्सिटी अफ पोर्टसमाउथ एण्ड नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिकले सो चरा मृत्युबाट फर्किन सफल भएको अर्थात पुनः अस्तित्वमा आएको बताएका छन् ।

दुर्लभ इटिरेटिभ इभोलुसन प्रक्रियाबाट सो चरा फेरि अस्तित्वमा आएको बताइएको छ । यो प्रक्रियामा उही वंशजका प्राणीको पुनः अस्तित्व इतिहासका विभिन्न कालखण्डमा हुने गर्छ ।

माडागास्करको आदिवासी चरा द ह्वाइटथ्रोटेड रेल पुन अस्तित्वमा आएको हो । यो चरा केही हजार वर्षदेखि विभिन्न समुद्री क्षेत्रमा देखिन थालेको वैज्ञानिकको भनाई छ ।

झण्डै एक लाख वर्ष पहिले समुद्रमो सतह कम भएपछि अलडब्रा टापु पुनः देखियो । त्यहाँबाट बसाईँ सरेका द ह्वाइट थ्रोटेड रेल पुनः फर्किए । उनीहरु मोरिसस, रियुनियनसहितका टापुमा गएका थिए ।

शिकारीको नजरबाट मुक्त रहेको अलडब्रामा ती चराहरुको बिस्तार भयो र उनीहरु फेरि उड्न नसक्ने खालका भए । यसको कारण चुनौतीको कमी हुनु रहेको वैज्ञानिकको भनाई छ । अहिले पनि यस्ता चराहरु सो आइल्याण्डमा छन् ।

जुलोजिकल जर्नल अफ तर लिनियन सोसाइटीमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा अनुसन्धानकर्ताले अलडब्रा टापु समुद्रले डुबाउनु पूर्व र फेरि अस्तित्वमा आएपछिको जीवांशको अध्ययन गरेर सो चरा पहिले जस्तै पुनः उड्न नसक्ने बनेको निष्कर्ष निकालेका हुन् । यसको अर्थ लोप भएको चरा फेरि अस्तित्वमा आएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?