नयाँ प्रविधिलाई प्रवर्द्धन गर्न दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ’ सुरु

नयाँ प्रविधिलाई प्रवर्द्धन गर्न दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ’ सुरु
+
-

काठमाडौं- सूचना सञ्चार तथा प्रविधिलाई प्रवर्द्धन गर्न सुबिसु केबल नेटले आजदेखि दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ सुरु गरेको छ।

काठमाडौंको नक्सालस्थित होटल मेरियटमा सो कन्क्लेभमा नेपालमा पछिल्लो समय विकसित भएका नयाँ नयाँ प्रविधिलाई लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थाबारे बहस र छलफल हुने सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए।

उनले भने, ‘हामीले विभिन्‍न क्षेत्रको अध्ययन र विश्लेषण गरेर कन्क्लेभमा छलफल गर्ने विषयहरुको पहिचान गरेका हौं ।’ उनका अनुसार कन्क्लेभमा विश्वस्तरी संस्थाहरु नोकिया, टाइको, जोनसोन कन्ट्रोल्स, राडवेयर, भर्टिभ लगायतको प्राविधिक सहयोग रहेको छ।

‘नवीनतम प्रविधिबारे विशेषगरी हाम्रा इन्टरप्राइज कस्टमरले थाहा पाउनुपर्छ। हाम्रा कस्टरमरले मात्रै होइन, जोकोहीले यस्ता प्रविधिबारे अपडेटेड हुनुपर्छ। विश्वमा कस्ता प्रविधि आएका छन्, नेपालमा के कस्तो छ अवस्था र कसरी त्यस्ता प्रविधिको सही प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कन्क्लेभमा बृहत् छलफल गरिन्छ,’ सुबिसु केबल नेट अन्तर्गतको इन्जिनियरिङका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले भने।

दुई संस्करणमा हुने सुबिसु कन्क्लेभमा पहिलो सत्रमा विषयविज्ञहरुले आफ्ना प्रस्तुति दिनेछन् भने सहभागीलाई सहजीकरण गर्ने छन्।

दोस्रो संस्करणमा सरोकारवाला क्षेत्रका विज्ञहरुबीच ‘प्यानल डिस्कसन’ गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?