सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु
+
-

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन बुधबार शुरु भएको छ।

बुधबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको चौथो अधिबेशन आह्वान गरेको पत्र सभामा पढेर सुनाएका थिए।

अधिबेशनको शुरुवातमा सत्तापक्षका तीन जना, प्रमुख प्रतिपक्षी दलका दुई जना र प्रतिपक्षी दल राजपाका एक जना प्रदेश सदस्यले शुभकामना ब्यक्त गरे । बुधबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकास सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा टेबुल गरिन्।

विधेयक टेबुल हुनुपूर्व बिशेष समयमा बोल्दै सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बजेट अधिबेशन प्रारम्भ भएकोले चालू आर्थिक बर्षमा जस्तो बजेट खर्च गर्न नसक्ने अवस्था आगामी आर्थिक बर्षमा नआउने बताए । उनले नेपालको केन्द्रीय सत्ताको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताए।

यस्तै नेकपामा अर्का प्रदेश सदस्य बीरमान चौधरीले केन्द्रीय सत्ताले सुदूपश्चिमलाई उपेक्षा गरेका कारण नै संघीयताको जन्म भएकोले बलिदानबाट प्राप्त ब्यवस्थाको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले चालू आर्थिक बर्षमा १० महिना पुरा हुँदा सम्म जम्मा १३ प्रतिशत मात्रै पूजीगत बजेट खर्च गर्न सकेकोले सरकारको खर्च गर्न सक्ने क्षमता माथि प्रश्न उठेको भन्दै आलोचना गरे।

नेपाली कांग्रेस कै प्रदेश सदस्य भरत बहादुर खड्काले सरकारले योजनाहरु बितरण गर्दा र उपभोक्ता समितिहरु बनाउँदा आर्थिक अनुशासन कायम नरहने गरी काम गरिरहेको आरोप लगाए। राजपाकी प्रदेश सदस्य मालामति रानाले प्रदेश सरकारको कामकाज गराईले प्रदेश सदस्यहरु निराश हुनुपर्ने अवस्था आएको बताए।

सरकारको नीति तथा कार्यक्रम तथा बजेट समेत प्रस्तुत हुने यस अधिबेशनमा बजेटका सिद्धान्तहरु माथि छलफल हुने छ । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?