धनगढी– कैलाली जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिकामा जीप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्।
शुक्रबार दिउँसो से ३ प ३२९९ नम्वरको मोटरसाईकललाई जोगाउन खोज्दा से १ ज ९८१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चुरे गाउँपालिका–३ निगालीमा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। घाईते सबैको पद्मामा अस्पताल अत्तरियामा उपचार भईरहेको छ।