नर्वेको स्वाधीनता दिवस

विशेष दिनमा नर्वेलीहरुले निकाले लोभलाग्दो परेड

विशेष दिनमा नर्वेलीहरुले निकाले लोभलाग्दो परेड
+
-

ओस्लो, नर्वे- नर्वेले हरेक मे १७ का दिन संविधान दिवस र राष्ट्रिय स्वाधीनता दिवस मनाउँछ। सन् १८१४ मा आइसवोल सभामा हस्ताक्षर गरेर नर्वेले आफूलाई स्वाधीन देशका रुपमा चिनाएको हो। यस दिनमा विशेषतः स्कुले केटाकेटीहरु परम्परागत पहिरन लगाई बाजागाजा बजाउँदै राष्ट्रिय झण्डा फहराएर र्‍याली गर्छन्। हरेक नागरिकले आफू नर्वेजियन भएकामा गौरव मान्दै हातहातमा देशको झण्डा बोक्दै र्‍याली ‍गर्ने प्रचलन छ। मे १७ का दिन सवारी साधनहरुमा पनि राष्ट्रिय झण्डा फहराउने प्रचलन छ।

त्यसैगरी महिला र पुरुषहरुले आफ्ना पुर्खाले लगाउँदै आएका परम्परागत पहिरन लगाउँछन्, यस  दिनमा।

शुक्रबार ओस्लोको मुख्य भाग कार्ल योहान्सगाता, संसद भवन र नेसनल थिएटर वरिपरिको चहलपहल आकर्षक र लोभलाग्दो थियो। राजा हेराल्डसहित राजपरिवारका अन्य सदस्यले र्‍यालीमा सहभागी सबै टोलीलाई राजदरबारको बार्दलीबाट हात हल्लाउँदै स्वागत तथा सम्बोधन गरेका छन्। देशकै सबैभन्दा ठूलो परेड आयोजना भयो शुक्रबार।  झन्डै १ लाख मानिस ओस्लो सहरमा परेड खेलेको दृश्य भव्य देखिएको थियो। राजधानी ओस्लो शहरको मुख्य भाग कार्ल योहान्सगाता, संसद भवन, नेशनल थिएटर हुँदै राजदरबारसम्म  पुगेको थियो र्‍याली। ओस्लो शहर वरिपरिका विद्यालय र चर्चहरु आआफ्नो टोलीसहितको परेडमा राजदरबारसम्म पुगेका थिए।

परेडमा सहभागी जमात।

नर्वेलीहरुले यो दिवस आफू विश्वभरि जहाँ छरिएर रहेको भए पनि उत्तिकै हर्षोल्लाससाथ मनाउने गरेको यथार्थ नर्वेली रैथानेहरु बताउँछन्। नर्वेली सरकारले मे १७ को दिनलाई राष्ट्रिय बिदा दिँदै आएको छ। परेडका अलावा नर्वेलीहरु पारिवारिक भेटघाट र खानपानका साथ रमाइलो गर्दै यो दिवस मनाउँछन्।

सबैभन्दा पहिले सन् १८१४ मा नर्वेली विद्यार्थीले यो दिवस मनाएका थिए। स्वीडेनका तत्कालीन राजा कार्ल योहानको आदेशअनुसार सन् १८२० देखि १८२९ सम्म यो दिवस मनाउन प्रतिबन्ध लागेको थियो। त्योबेला स्वीडेन र नर्वे एउटै देश थियो।

सन् १८३३ मा कवि हेन्द्रिक वेर्गेल्याण्डले नर्वेली सम्पदाको सम्मान गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक भाषण गरेपछि यो दिवस पुनर्स्थापित भएको भनाइ छ। संविधान सभा दिवसको विद्यार्थीसँगको यस्तो सम्बन्ध भने सन् १८६४ बाट मात्र स्थापित भएको मानिन्छ। लेखक वियोन्सनले प्राथमिक तहका विद्यार्थीहरुले परेड गर्नु भनेको नर्वेको उज्जवल भविष्यको प्रतिनिधित्व गर्नु हो भनेर राष्ट्रिय गानमै सुझाएपछि यो दिवसको विद्यार्थीसँगको सम्बन्ध गहिरिएको मानिन्छ।

छोटो भिडियो पनि:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?