
पोखरा-कोठा भाडामा लिएर जुवा खेलाउने एक महिलासहित ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा ७ मासबारस्थित मुना गुरुङले कोठा भाडामा लिइ जुवा खेलाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
जुवा खालबाट १ लाख ५२ हजार ५ सय २५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको प्रहरी प्रवक्ता एवं डिएपी रवीन्द्रमान गुरुङले जानकारी दिए।
पक्राउ पर्नेमा जुवा खेलाउने ३६ वर्षीय मुना गुरुङ, ३७ वर्षीया प्रेमकुमारी गुरुङ, ३५ वर्षीया मिना पुन, ४० वर्षीया संगीता गुरुङ, ५७ वर्षीय पूर्णबहादुर गुरुङ, ३९ वर्षीय ठाकुर गुरुङ छन्।
पक्राउ पर्नेहरु सबै पोखरा निवासी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ उपर थप अनुसन्धान भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए।