१२० किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

१२० किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ
+
-

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २० किलो लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लागुऔषध गाँजासहित ना ३ ख ३७१५ नम्बरको ट्रक, ट्रकका चालक तथा धनी र ट्रकमा सवार एकलाई सार्वजनिक गरेको हो।

प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ।

प्रदेश नं. ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ।

कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद तथा १५ हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाका साथै सवारीसाधन समेत जफत हुने प्रावधान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?