गाउँपालिकामा राखेको बम सेनाद्धारा निस्क्रिय

गाउँपालिकामा राखेको बम सेनाद्धारा निस्क्रिय
+
-

धनगढी- बझाङको छबिसपाथीभेरा गाउँपालिका कार्यालयको मुल ढोकामा मंगलवार अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निस्क्रियपारेको छ।

कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। मुख्य ढोकामा बम हुदा कर्मचारीहरु र जनप्रतिनिधीहरु कार्यालय भित्र जान नसकेर गाउँपालिकाको काम प्रभावित भएको थियो।

दिउसो तिर नेपाली सेनाको प्राबिधीक टोलीले बम निस्क्रियगरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरिक्षक सूर्य केसीले जानकारी दिए।उनले भने–‘गाउँपालिकालाई नेकपा बिप्लव समुहले चन्दा माग गरेको तथा गाउँपालिकाले चन्दा नदिएपछि बिप्लव समुह कार्यकर्ताबाट बम राखेको हुन सक्ने आशंका भएकाले त्यस क्षेत्रमा रहेका बिप्लव समुहका कार्यकर्ताहरुको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।’

पछिल्लो समयमा बिप्लव कार्यकर्ताले स्थानीय तहका जनप्रतिनीधी र कर्मचारीहरुले एक महिनाको तलब दिनुपर्छ भनेर परिपत्रका साथै फोनबाट चन्दा मागेको स्थानीय तहका कर्मचारीहरुले जानकारी दिएका छन्।

विप्लव कार्यकर्ताहरुबाट गाउँमा आफुहरु असुरक्षित भएको भन्दै बिप्लव समुहको राजनीतिक समस्यालाई सरकारले समयमै समाधान गर्नुपर्ने जनप्रतिनिधिहरुको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?