प्रधानमन्त्रीको अभिव्यक्ति संविधान विपरीत छ : मुख्यमन्त्री गुरुङ

प्रधानमन्त्रीको अभिव्यक्ति संविधान विपरीत छ : मुख्यमन्त्री गुरुङ
+
-

पोखरा – संविधानको धारा २३२ ले संघ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने उल्लेख गरेको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार केन्द्र मातहतका ‘इकाई’ हुन् भन्ने अभिव्यक्ति संविधानको मर्म विपरीत भन्दै प्रदेशका मुख्यमन्त्री बोल्न थालेका छन् ।

संघ र प्रदेश सरकारबिच अधिकारको लडाईँबारे बहस चलिरहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले पुनः प्रदेश सरकार सशंकित बनेका हुन् । प्रदेश र स्थानीय सरकार संघीय सरकारको इकाई नभई देशको इकाई भएकाले संविधानको मर्म ठूलो भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुनाए ।

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संविधानको भावना विपरीत भएको समेत उनले बताए । देश सञ्चारसँग मुख्यमन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउनु भन्दा पनि संविधानको भावना विपरीत छ ।’

नेपाल सरकार अन्तर्गत प्रदेश र स्थानीय सरकार रहन्छ भन्नु गलत भएको उनले बताए । उनले भने, ‘नेपाल एकीकृत देश हो । त्यसभित्र तीन तहका सरकार छन् । तर नेपाल एकात्मक राज्य होइन । संघीय प्रणालीमा छौँ ।’

‘अधिकार स्पष्ट नभएको सवालमा सहकार्य र सहअस्तित्वको आधारमा गर्ने हो । एकले अर्कालाई विरोध गर्ने होइन । प्रदेशले पनि होइन । संघले पनि होइन ।’

संविधानले तीन तहको सरकारलाई संवैधानिक अधिकार दिएको छ । एकात्मक राज्य जस्तो नेपाल सरकारको मातहत प्रदेश र स्थानीय तह रहनुपर्ने प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको उनले बताए । यस्ता अभिव्यक्तिले सहकार्य, सहअस्तित्व भन्दा पनि द्वन्द्व बढाउने मुख्यमन्त्री गुरुङको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?