रामचन्द्रले देउवालाई भने, ‘म छँदैछु के काे चिन्ता?’

रामचन्द्रले देउवालाई भने, ‘म छँदैछु के काे चिन्ता?’
+
-

धनगढी –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवालाई आफू सहयोग गर्न तयार रहेकाले चिन्ता नलिन आग्रह गरेका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने–‘म सहयोग गर्न तयार छु, सभापतिलाई म भए के को चिन्ता ?’

तपाईको असहयोगले पार्टीमा विभिन्न समिति गठन गर्न नसकेको सभापतिको भनाई छ नि भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई यस्तो जवाफ दिएका हुन । नेता पौडेलले भने–‘म सहयोग गर्न सधैँ तयार छु यदि सभापतिजीले अझै सक्नुहुन्न भने नयाँ शुरुवात गरौं ।’ उनले नयाँ शुरुवात भनेको आगामी महाअधिवेशन अगावै क्रियासिल सदस्य देखि लिएर गाउँ, वडा, नगर लगायतका सबै संरचना नयाँ बनाउनु पर्ने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरुवात गरेको जागरण अभियानले पार्टी भित्र विचार मन्थन भएको र यसले कमी कमजोरी सुधारी पार्टीलाई एक ढिक्का बनाई अघि बढ्न सहयोग पुग्ने उल्लेख गरे ।

वर्तमान सरकारको जनतो विकल्प खोज्न थालेको बताउँदै पौडेलले बर्तमान सरकार कुनै पनि हिसाबले सफल नभएको उल्लेख गरे । उनले भने–‘शान्ती सुरक्षा, शुसासन लगायत कुनै पनि चिज कायम हुन नसकदा जनता निरास र आजित छन् ।’

उनले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मुल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी भएको उल्लेख गर्दै कांग्रेस हरेक जातजाति मिलेर बनेकाले कांग्रेसले कुनै एउटा वर्ग जाति र समुदायको मात्र हितमा काम गर्न नसक्ने भन्दै सिंगो नेपालको कांग्रेसले प्रतिनीधित्व गर्ने बताए ।

वर्तमान सरकारले ल्याएको मिडिया विधेयक लोकतन्त्र विरोधी रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले कुनै पनि बहानामा प्रेस जगतलाई नियन्त्रणमा राख्न खोजिनु उपयुक्त नहुने उल्लेख गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?