सुदूरपश्चिमका मुख्यमन्त्रीसहित मन्त्रीद्वारा अस्पताल सरसफाई

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित मन्त्रीद्वारा अस्पताल सरसफाई
+
-

धनगढी – गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले धनगढी स्थित सेती अस्पताल सरसफाई गरेका छन् ।
मंगलबार बिहान हातमा झाडु लिएर मुख्यमन्त्रीसहित मन्त्री तथा प्रदेससभा सदस्य सरसफाई कार्यक्रममा उपस्थित भएका थिए ।

उनीहरुसँगै अस्पतालका कर्मचारी र सर्बसाधारणले पनि अस्पताल भित्र र बाहिर सरसफाई गरे । सरसफाई पछि मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका जनतालाई उपचारका लागि बाहिर जानु नपर्ने अवस्था बनाउँन आफूहरु लागि परेको बताए ।

मुख्यमन्त्री भट्टले सेती अस्पताललाई कमजोर हुन नदिने बताए । ‘अबको केही समय भित्रै सेती अस्पतालको संरचना परिवर्तन हुन्छ’ उनले भने–‘यस अघि विभिन्न कारण समस्यामा पर्दै आएको सेती अस्पताललाई स्तरीय बनाउन प्रदेश सरकारले जे–जती प्रयत्न गर्‍यो त्यसको प्रतिफल चाँडो देखिन्छ ।’ उनले अस्पताल सुधारका लागि आवश्यक पर्ने लगानी गर्न पनि प्रदेश सरकार तयार भएको उनले बताए ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अस्पताललाई टिचिङ अस्पतालका रुपमा विकास गर्ने योजना रहेको बताए ।

अहिले आवश्यक पर्ने दरवन्दी अनुसारका स्वास्थ्य कर्मीहरु उपलब्ध गराई जनतालाई शुलभ रुपमा स्वास्थ्य सेवा पर्दान गर्न मन्त्रालय कटिवद्ध रहेको बताउँदै मन्त्री सुवेदीले ड्युटी भन्दा पछिको समयमा पनि डाक्टरलाई अस्पतालमै बस्ने वातावरण बनाईनेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशको मुख्य स्वास्थ्य संस्थाका रुपमा रहेको सेती अस्पतालमा यस प्रदेशका नौ वटै जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?