लाइसेन्स परीक्षामा पास गराइदिने भन्दै घुस लिने कर्मचारी र विचौलिया पक्राउ

लाइसेन्स परीक्षामा पास गराइदिने भन्दै घुस लिने कर्मचारी र विचौलिया पक्राउ
+
-

पोखरा-सडक डिभिजन हेभि इक्युपमेन्ट कार्यालय पोखराका कर्मचारी र ड्राइभिङ इन्ष्टिच्यूटका एक जना विचौलिया सोमबार साँझ घुस रकमसहित पक्राउ परेका छन्।

सडक डिभिजन हेभि इक्युपमेन्टका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्ष्टिच्यूट पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेबीच ४० हजार घुस रकम लेनदेन हुँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

यातायात व्यवस्था कार्यालयबाट हेभि इक्युपमेन्टको लाइसेन्स परीक्षामा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिएर काफ्लेले सडक डिभिजनका कर्मचारी लामिछानेलाई रकम दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव मेघनाथ रिजालले जानकारी दिए।

अख्तियारको टोलीले ड्यामसाइट स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो। अख्तियारको टोलीले लामिछानेको साथबाट घुस रकम बापत लिएको ४० हजार रुपैयाँ बरामद गरेको छ।

त्यस्तै, विचौलिया खगेन्द्रप्रसाद काफ्लेले विभिन्न सेवाग्राहीसँग लाइसेन्स बनाइदिने भन्दै संकलन गरेको १ लाख ६ हजार नगद र डायरी लगायतका प्रमाणहरु समेत बरामद गरिएको उपसचिव रिजालले देश सञ्चारलाई जानकारी दिए।

यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको सेटिङमा विचौलिया मार्फत हुने भ्रष्टाचारको जड पत्ता लगाउन गहन रुपले अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?