रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा, सरकारले एक करोड दिने

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा, सरकारले एक करोड दिने
+
-

पोखरा – दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना भएको छ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेकै बेला अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको घोषणा गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बैठक बसेर माइन्युटमा सही गरेर हिड्ने खालको प्रतिष्ठान नभई जीवन्त प्रतिष्ठान हुने दाबी गरे।

देशलाई केन्द्र भागमा राखेर समृद्धिको बाटोमा अविचलित रहेका आफ्नो क्याबिनेटका सक्षम मन्त्री गुमाउनु पर्दा ठूलो क्षति पुगेको उनले बताए। ‘उहाँले गरेका कामहरु देखिने काम छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालनमा ल्याएर होस् वा अन्य ठाउँका बन्द भएका विमानस्थलबाट सेवा सुरु गर्न होस्,’ प्रधानमन्त्री ओलीले भने।

वाइडबडी प्रकरणमा निर्दोष भएका रवीन्द्रलाई अनावश्यक रुपमा मुछ्ने काम भएको बताए। इमान्दार कार्यकर्ता र जिम्मेवार मन्त्रीको रुपमा आफूले चिन्ने गरेकोले स्वच्छ आचरण भएको रवीन्द्रलाई बदनाम मात्र गराउन खोजिएको सुनाए।

‘उहाँ निर्दोष हुनुहुन्छ। वास्तवमै निर्दोष हुनुहुन्छ। मैले त्यहिँ कुरा भने उहाँको केही संलग्नता नै छैन। अत्यन्त छुद्र मतिका मान्छेलाई साह्रै पोलेछ,’ उनले भने, ‘केही भुइँफुट्टा तत्वहरु केही भुइँफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरेकाे कुरामा निर्दोष छ भन्न पाइन्छ? भनेछन्। अदालतले फैसला नगरेका कुरामा दोषी छ भन्न पाइने। आरोप लगाउन पाइने। संलग्नता नै नभएको कुरामा निर्दोष छ भन्न नपाईने?’ उनले प्रश्न गरे।

उनले प्रतिष्ठानले अनुसन्धानात्मक क्षेत्रमा अध्ययन गर्ने भएकाले सरकारको सहयोग स्वरुप १ करोड उपलब्ध गराउने घोषणा समेत गरे।

प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा रवीन्द्र पत्नी विद्या भट्टराई अध्यक्ष रहेकी छन्।

रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त निर्णयमा प्रतिष्ठान स्थापना गरिएको उनले बताइन्। प्रतिष्ठानले अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिने बताउँदै भट्टराईले नयाँ ढंगबाट परिचालन गरिने स्पष्ट पारिन्।

रवीन्द्र अधिकारीको विकासको सपनालाई निरन्तरता दिन प्रतिष्ठानले सहयोग गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। समृद्धिको अभियानमा सघाउन प्रतिष्ठानले खेलेको भूमिकामा प्रदेश सरकारको तर्फबाट सहयोग रहने समेत उनले बताए।

स्थापनाको क्रममा ३५ सदस्यीय तदर्थ समिति गठन भएको महासचिव धनराज आचार्यले जानकारी दिए। प्रतिष्ठानका लागि ४१ सस्दयीय सल्लाहकार समिति गठन भएको छ। प्रतिष्ठानको सदस्यको लागि जो कोहीले आवेदन दिन सक्नेछन्।

साधारण सदस्यका लागि ५ सय रुपैयाँ, आजीवन सदस्यका लागि ५ हजार रुपैयाँ र विशिष्ट सदस्यका लागि १ लाख रुपैयाँ तय गरिएको महासचिव आचार्यले जानकारी दिए। सो भन्दा माथि रकम सहयोग गर्नेलाई ट्रष्टको रुपमा विकास गरिने उनले बताए। परिवार, साथीभाई र नेकपाका तर्फबाट तदर्थ समितिमा मनोनयन गरिएको जनाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?