अन्तिम समयमा प्रधानमन्त्रीबाट उद्घाटन हुन नसकेको पोखराको एक होटल

अन्तिम समयमा प्रधानमन्त्रीबाट उद्घाटन हुन नसकेको पोखराको एक होटल
+
-

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित होटलको उद्घाटनको कार्यक्रम स्थगन गरेका छन्।

पोखरा ६, लेकसाइडस्थित मिरा गल्लीमा बनाइएको ‘स्विस इन्टरनेशनल होटल सरोवर’ शुभारम्भ कार्यक्रम पूर्वनिर्धारित भएपनि होटलमै पुगेर स्थगन गरेका हुन्।

पोखरामा जारी प्रथम स्काउट रोभर मुट र रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका लागि आएका बेला सञ्चालक भरत पहारीले होटलको उद्घाटन प्रधानमन्त्रीबाट गराउने चाँजो मिलाए पनि सफल भएन।

मापदण्ड विपरित बनेको होटल प्रधानमन्त्रीबाट उद्घाटन हुँदा थप आलोचित हुने हुँदा स्थानीय नेकपा नेताले उद्घाटन रोक्न सल्लाह दिएका थिए। होटलमा पुगेर झन्डै एक घन्टा बिताए पनि प्रधानमन्त्रीले उद्घाटन नगरी स्काउटको कार्यक्रमका लागि स्काउट ड्रेस लगाएर निस्केका हुन्।

सञ्चालक पहारी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई २०७५ मंसिरमा भ्रष्टाचारको मुद्दामा ९८ लाख रुपैयाँ बराबरको सम्पतिको स्रोत नखुलेको भन्दै अदालतले कैद तथा जरिवाना फैसला गरेको थियो।

पहारी पोखरा महानगरपालिकाका भवन संहिता मापदण्ड निर्धारण समितिका विज्ञ संयोजकको रुपमा रहेपनि होटलले अनुमति बेगर नौं तलासम्म बनाएपछि थप आलोचित बनेका थिए।

होटल उद्घाटनको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सांसदहरु लगायत स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए। तर, पोखरा महानगरका मेयर मानबहादुर जिसी भने देखिएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?