
धनगढी-केही दिन यता अत्याधिक गर्मी बढेपछि कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
धनगढी उपमहानगरपालिका शिक्षा शाखाले एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि २६ गते सम्म उपमहानगर अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द गरिएको जनाएको छ।
गर्मिका कारण बिद्यार्थीहरुलाई बिद्यालय आवत जावत तथा पठनपाठनमा समस्या भएका कारण बन्द गरिएको जनाइएको छ।
अहिले बन्द रहेका दिनहरुलाई पछि अन्य बिदामा कट्टा गरिने समेत जनाइएको छ।
केही दिन यता धनगढीको तापक्रम ४० देखि ४३ डिग्री सेल्सीयसका बिचमा रहेको छ।