बजेट सिलिङ घटाइएको भन्दै गोदावरीका जनप्रतिनिधि आन्दोलित

बजेट सिलिङ घटाइएको भन्दै गोदावरीका जनप्रतिनिधि आन्दोलित
+
-

धनगढी– कैलालीको गोदावरी नगरपालिका अन्तर्गत ६ वटा वडाका वडा अध्यक्षसहित सदस्यहरु आन्दोलित भएका छन्। नगरपालिकाले विगत दुई आर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि निकै न्यून बजेट छुट्याएर वडामा सिलिङ पठाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।

गोदावरी नगरपालिकाकाको वडा नम्बर ४, ६, ७, ८, १० र १२ गरी ६ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यसहित गएको एक टोलीले नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ। जनताका आवश्यकता बढ्दै गइरहेको अवस्थामा संघ, प्रदेश र नगरको बजेट बढेर आएपनि वडाको बजेटको सिलिङ घटाएर पठाउनु न्यायोचित नभएको भन्दै आन्दोलनमा उत्रिएको गोदावरी नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष भिम बहादुर खड्काले बताए।

नगरपालिकाले गत आर्थिक वर्ष २०७४-०७५ को बजेट सिलिङमा वडा स्तरिय योजना छनौटका लागि १२ वटै वडामा प्रतिवडा ८० लाखका दरले ९ करोड ६० लाख बजेट र चालू आर्थिक वर्ष २०७५-०७६ मा सम्पूर्ण वडाका लागि १० करोड ५० लाख बजेट विनियोजन गरेको भएपनि आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट सिलिङमा ५ करोड मात्रै रकम छुट्याएर ठूलो अन्याय गरेको उनिहरुको आरोप छ।

आफूहरु जनताको काम गर्न निर्वाचित भएर आएको २ वर्ष बितिसक्दा पनि अहिले कुनै निर्णय गर्न तथा काम गर्न नपाएको गोदावरी नगरपालिका वडा नम्बर–८ की वडा सदस्य चन्द्रा भुलले बताइन्। आफूहरुले गर्ने निर्णय नगरपालिकालाई चित्तबुझ्दो नभएमा विना जानकारी निर्णय उल्ट्याउने काम नगरपालिकाले गर्दै आएको उनको आरोप छ। यति न्युन बजेटले वडा भित्रका जनताका अति आवश्यक विकासका क्षेत्रमा कार्य संचालन तथा जनअपेक्षा अनुरुपको विकास निर्माण कार्य गर्न तथा सेवा प्रवाह गर्न नसकिने उनले बताइन्।

गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा सदस्य भुवन भट्टले गत २ वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट झण्डै ७० प्रतिशतले कटौती गर्ने खेल भइरहेको बताए। उनले बजेट विनियोजन गर्दा सुरुमा थोरै रकम छुट्याउने र बाँकी रकम डल्लो बजेटको रुपमा राखेर आफ्नो इच्छा अनुसार चलाउन मेयर, उप–मेयरले वडाको सिलिङ घटाएको आरोप लगाए।

आफूहरु आन्दोलित हुनुको कारण पनि डल्लो बजेटका नाममा आफ्ना नजिकका व्यक्तिहरुलाई बाँडने परिपाटीको अन्त्य गर्न नै रहेको उनले बताए। उनले यसका विरुद्ध आफूहरु निरन्तर रुपमा लागिरहने बताउँदै आफ्ना मागहरु सम्बोधन नभएमा चरणबद्ध रुपमा आन्दोलन कार्यक्रमहरु गर्दै जाने बताए।

आफूले राखेका मागहरु पूरा नभए आगामी नगरपरिषद बहिष्कार गर्न बाध्य हुने वडा नम्बर–६ का अध्यक्ष वीरबहादुर चोखालले बताए। उनले यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवार स्वयं नगरपालिका हुने समेत चेतावनी दिए। ज्ञापन पत्र बुझ्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाको आगामी आर्थिक बर्षको विकासे बजेट ५० करोडको हाराहारीमा रहेको बताइन्। उनले विगतका २ आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि केही कटौती गरेर वडागत रुपमा बजेटको सिलिड पठाएको बताइन्।

‘विगतका वर्षहरुमा वडाको भौगोलिक विकटताको आधारमा, राजश्व, जनसंख्या लगायतलाई अधार मानेर बजेटलाइ बाँडफाँड गरेका थियौ’, उप–प्रमुख कडायतले भनिन्,‘अहिले हामीले केही बजेट वडा वडामा पठाउने र बाँकी नगर स्तरिय कार्यक्रमहरुमा पनि छुट्याउने सोचमा छौँ, जसका कारण वडामा बजेटको सिलिङ घटाउनु परेको हो ’ नगरप्रमुख बाहिर रहेको भन्दै उनले नगरप्रमुख आएपछि मात्रै छलफल गरिने बताइन्।

नगरपालिकाले आगामी बर्षमा प्रत्येक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँच भन्दा बाहिर रहेकाहरुलाई पहुँचमा ल्याउने योजना अघि बढाएको छ।

नगरपालिकाले गत आर्थिक वर्षमा समानिकरण तर्फप्रति वडालाई ८० लाख र बाँकी विभिन्न सुत्रका आधारमा १ करोड देखी २ करोड सम्मको बजेट विनियोजन गरेकोमा आगामी आर्थिक बर्षमा समानिकरण तर्फ प्रति वडालाई ३० लाख र बाँकी विभिन्न सुत्रका आधारमा बढिमा ४८ लाख रकम सम्मको बजेटको सिलिङ पठाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?