एप्पलले विस्थापित गर्ने भयो आइट्युन्स

एप्पलले विस्थापित गर्ने भयो आइट्युन्स
+
-

आइफोन निर्माता कम्पनी एप्पलले आइट्युन्स विस्थापित गर्ने घोषणा गरेको छ । आइट्युन्सलाई एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभीले विस्थापित गर्ने एप्पलले जनाएको छ ।

एप्पलले १८ वर्षपछि आइट्युन्स विस्थापित गरेको हो । उसले सन् २००१ मा आइट्युन्स ल्याएको थियो । विण्डोजमा भने आइट्युन्स परिवर्तन हुने छैन । यस्तै आइट्युन्स स्टोर एप आइओएसमा भने रहने छ ।

सान जोसेमा भएको डेभलपरहरुको वार्षिक सम्मेलनमा एप्पलले गोपनियता सम्बन्धी केही नयाँ विशेषताहरु पनि ल्याउने एप्पलले जानकारी दिएको छ ।

प्रयोगकर्ताको इमेल तथा अरु तथ्यांक गोप्य राख्नका लागि एप्पल एप्समार्फत सामाजिक सञ्जालहरु प्रयोग गर्दा वैकल्पिक साइन इनको व्यवस्था गरिने भएको छ ।

यस्तै गोपनियताकै लागि फेकसबुकको ट्र¥याकिङ्ग टुल्सलाई रोक्ने भएको छ । गोपनियता आधारभूत मानवअधिकार रहेकाले त्यसको सम्मानका लागि नयाँ फिचरहरु ल्याइएको एप्पले जनाएको छ ।

यस्तै आउँदै गरेको आइओएस १३ मा आइफोन, आइप्याड तथा आइपोडमा डार्क मोड पनि हुने छ विकल्पका रुपमा । यस मोडमा आइफोनका एप्लिकेशनहरु डार्क पृष्ठभूमिमा हेर्न मिल्नेछ, जसमा अक्षरहरु उज्याला हुने छन् । यसले आँखाका लागि सहज हुने एप्पलले उल्लेख गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?