धनगढी उप–महानगरको हचुवा निर्णय, विद्यालय घरी बन्द घरी खुला

धनगढी उप–महानगरको हचुवा निर्णय, विद्यालय घरी बन्द घरी खुला
+
-

धनगढी– हचुवाका भरमा दुई दिनअघि विद्यालय बन्द गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाले मंगलबार पुन विद्यालय सुचारु हुने निर्णय गरेको छ।

गर्मी अत्याधिक बढेको भन्दै आईतबार धनगढी उप–महानगरपालिकाले उपमहानगर भित्र संचालित सम्पूर्ण विद्यालय एकसाता बन्द गर्ने निर्णय गरेको थियो। उपमहानगरको निर्णय शैक्षिक संस्थाले कार्यान्वयन नगरेपछि उप–महानगरपालिका दुई दिनमै आफ्नो निर्णय सच्याउन बाध्य भएको छ।

सोमबार देखि विद्यालय बन्द गर्ने निर्णय गरेको धनगढी उप–महामनगरपालिकाले आफ्नै निर्णय उल्ट्याउँदै बुधबार देखी पुनः विद्यालय सुचारु गर्ने निर्णय गरेको छ।

सोमबार देखि लागू हुने गरी आइतबार धनगढी उप–महानगरपालिकाले विद्यालय बन्द गर्न सार्वजनिक सूचना प्रकाशित गरेपनि सामुदायिक तथा निजी विद्यालयले भने त्यसलाई बेवास्ता गर्दै विद्यालय निरन्तर सुचारु गरेका थिए।

विद्यालयले उपमहानगरपालीकाको निर्देशन अवज्ञा गरेपछि मंगलबार सूचना जारी गर्दै बुधबारदेखि विद्यालय संचालन गर्न आह्वान गरेको हो।

हचुवाका भरमा गरेको निर्णय दुई दिनमै हचुवाका भरमा उल्टाएको भन्दै उपमहानगरको निर्णयको बजारमा चर्चा चलेको छ। सामाजिक सञ्जाल देखि बजारका चिया पसलमा उपमहानगरको कामको टिप्पणी हुन थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?