सरकारका उपप्रधानमन्त्रीले भने बजेट निर्माण प्रकृयामा आफ्नो संलग्‍नता छैन

सरकारका उपप्रधानमन्त्रीले भने बजेट निर्माण प्रकृयामा आफ्नो संलग्‍नता छैन
+
-

धनगढी-समाजबादी पार्टी नेपालका अध्यक्ष एबं उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन्।

सरकारका उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादबले बजेट ल्याउँदा आफ्नो पार्टी र आफु संग कुनै सर सल्लाह नगरेको बताए।मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पार्टीले आयोजना गरेको प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले आफूहरूका माग पुरा नगरे सडक संघर्षमा जाने बताए।

उनले भने–‘पहिला सरकारलाई संविधान संशोधनका लागि सघाएका हौं, तर माग पुरा गर्न नेकपाको सरकार आनाकानी गरिरहेको छ ।’ उनले माग पुरा नभए सदन र सडक संघर्षमा जानुको विकल्प नरहेको बताए।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार एकात्मक ढङ्गबाट अघि बढेको बताए । सरकारले हालै ल्याएको बजेटमा केन्द्रियता प्रस्ट देखिएको भन्दै सरकार नै संविधानको मर्म विपरीत लागेको उनको आरोप छ।

सरकारले एक वर्षमा जनताको हितअनुकुल एउटा पनि काम गर्न नसकेको उनको आरोप छ। समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष समेत रहेका डाक्टर भट्टराईले वर्तमान सङ्घीय प्रणाली पनि अवैज्ञानिक रहेको बताए। उनले नेपालमा ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक रहेको भन्दै त्यसका लागि पार्टीले सङ्घर्ष गर्ने बताए।

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम बिचको एकता पछिको पहिलो प्रदेश अभिमुखीकरण कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?