पूर्वी नेपालको काँकरभिट्टासम्म जोड्ने एसियाली राजमार्ग भारतले कस्तो बनायो?

पूर्वी नेपालको काँकरभिट्टासम्म जोड्ने एसियाली राजमार्ग भारतले कस्तो बनायो?
+
-

सिलिगुडी (भारत)- भारतबाट बंगलादेश र भारतबीचको नाका फूलबारीबाट शुरु भएको एसियाली राजमार्ग स्तरोन्नति गरेर चार लेनको बनाइसकेर अहिले निर्वाध सवारी साधन सञ्चालन हुन थालेको छ।

उक्त राजमार्गमा पर्ने नेपाल भारतको सीमाको मेची नदीमा पनि पुल बनाउने काम भारतले धमाधम गरिरहेको छ। तर नेपालतिर बन्ने अहिले कुनै संकेत देखिएको छैन।

भारतले बंगलादेश भारतको नाका फुलबारी र नेपालको सीमा जोड्ने एसियाली राजमार्ग लगभग बनाइसकेको हो। ३८ किलोमिटरको उक्त राजमार्ग नेपाल भारतको सीमावर्ती मेची पुलमा टुंगिएको छ।

तर नेपालपट्टि कहिले बन्छ भन्ने कुरा नेपाली अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन्। उक्त राजमार्ग फुलबारी नाका हुँदै बागडोग्रा, नक्सलबारी तथा नेपाल भारत सीमा बजार पानीटेंकीसम्मको क्षेत्रमा बनेको हो।

एक समयमा नेपालको पूर्वपश्चिम राजमार्ग भन्दा कम फराकिलो बाटो अहिले उक्त बाटो ४ लेन तथा दुई लेनको भएको छ। सन् २०१६ को जनवरी महिनामा बनाउन सुरु गरिएको उक्त राजमार्गको निर्माण २०१९ को शुरुसम्ममा बनिसकेको उक्त राजमार्ग निर्माण आयोजनाका निर्देशक निर्मल मण्डलले जानकारी दिए।

भारतमा बनिरहेको नेपालको सीमासँग जोडिएको उक्त राजमार्ग १६ किलोमिटर ४ लेन र २२ किलोमिटर २ लेनको रहने भारतीय अधिकारीहरुले जानकारी दिएका छन्। एसियाली विकास बैंकको सहयोगमा बनेको उक्त राजमार्गको लागत ७ सय ८ करोड भारतीय रुपैयाँ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?