कैलालीमा हुरीको वितण्डा

हावाहुरीले उडायो मुक्त कमैयाको छानो, दुई जनाको ज्‍यान लियो

हावाहुरीले उडायो मुक्त कमैयाको छानो, दुई जनाको ज्‍यान लियो
+
-

धनगढी- बिहीबार साँझ आएको हावाहुरीले धनगढी उपहानगरपालिका-१ मा रहेको मुक्त कमैया शिवरमा क्षति पुर्‍याएको छ। शिविरमा रहेका घरको छाना हावाहुरीले उडाएको छ भने ५० घरधुरी रहेको मुक्त कमैयाहरुको उठिबास भएको छ।

घरमा लगाएको छानो उडाएपछि उनीहरु बाहिर बस्‍न बाध्‍य भएका छन्। बस्तीमा मानवीय क्षति नभए पनि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै हुरीले कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको छ अहिलेसम्म ७६ जना घाइते भएका छन्। गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको छ। विजुलीको पोलहरु र रुख ढलेर  बिजुली बत्ती पूर्ण रुपमा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका-२ का लहानु डंगौरा थारु रहेका छन्।

चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?