दुई तिहाइ मानिसहरु खाद्य स्वच्छतामा अनविज्ञ, पलह गर्ने मन्त्रीको प्रतिवद्धता

दुई तिहाइ मानिसहरु खाद्य स्वच्छतामा अनविज्ञ, पलह गर्ने मन्त्रीको प्रतिवद्धता
+
-

काठमाडौँ-कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विशेषगरी हिमाली क्षेत्रका दुई तिहाइ मानिसहरु खाद्य स्वच्छतामा अनविज्ञ भएको बताएका छन्।

शुक्रबार भएको ११औँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन। उनले भने, ‘जबसम्म यथार्थको गहिराईमा गएर खाद्य स्वच्छता सम्बन्धि सचेतनाको चिरफार हुँदैन, तबसम्म राम्रो नतिजा आउन सक्‍दैन।’ दुई तिहाइ मानिसहरुलाई खाद्य स्वच्छता सम्बन्धी जानकारी नै छैन।’

उनले हिमाली क्षेत्रको तथ्याङक राख्ने काम सरकारको भएको भन्दै स्वच्छ खानेकुरा व्यवहारमा लागू गराउन सम्बन्धित निकायबाट विशेष पहल भएको छैन’, उनले भने।

मन्त्रीका अनुसार खाद्य स्वच्छतामा विश्वको दाजोमा नेपाल कमजोर रहेको पनि बताए। उनले भने ‘राज्यले अनुसन्धान गर्दैन, जनतामा चेतनाको कमी छ, जथाभावीको खाना खाएकै छन् तर प्रश्न कतैबाट आउँदैन यो खान स्वच्छ छ या छैन। यस्तो अवस्थामा नागरिकको स्वास्थ्यको जिम्मेवार कसले लिने? यस्तो प्रवृतिले खाद्य स्वच्छता हुदैन।’

मन्त्रालयले खाद्य स्वच्छता सम्बन्धि पहल गर्न यस सम्बन्धि निर्देशिका पनि जारी भइसकेको पनि मन्त्री खनालले बताए। यस्तै कृषिराज्य मन्त्री रामकुमारी चौधरीले जबसम्म आफैमा स्वच्छ खाद्यको प्रयोग गर्नुपर्छ भन्‍ने सोच परिवर्तन हुदैन तब सम्म केही नहुने बताइन्।

उनले भनिन् ‘खाद्य स्वच्छता ल्याउन एक्लैले गरेर हुदैन।समाजका अगुवाहरु, यस सम्बन्धी काम गर्ने संघ–संस्थाहरु र अभियान्ताहरुले हातेपालो गर्न जरुरी छ।’

समाजमा संस्कार र संस्कृति परिवर्तन गर्ने नभइ सोच परिवर्तन गर्ने बेला आएको राज्य मन्त्री चौधरीको जोड थियो।

यस्तै सो कार्यक्रमका अवसरमा उत्कृष्ठ खाद्य उद्योगहरुलाई पुरस्कृत गरिएको छ।  पुरस्कृत हुनेहरुमा रसुवाको हिमालयज स्प्रिंग वाटर प्रालि ,घरेलु तथा साना उद्योगतर्फ विराटनगरको कञ्‍चन पाउरोटी उद्योग, जनकपुर क्षेत्रको श्री साई ड्रिङकिङ वाटर ईन्डट्रिज, हेटौडा क्षेत्रको पौडेल बेकरी, भैरहवा क्षेत्रको साइक्रिया चिया उद्योग, नेपालगञ्ज क्षेत्रको हुलास खाद्य उद्योग, धनगढी क्षेत्रको अभिषेक मौरी पालन फर्म र विभाग नेपाल अर्गेनिक कफि प्रोडक्ट्स रहेका छन्।

यस्तै खाद्य प्रविधि पोषण तथा स्वच्छतामा योगदान पुर्‍याउने विभागका उत्कृष्ट कर्मचारीतर्फ कमल प्रसाद रेग्मी, हेमन्त गौतम र मानबहादुर गुरुङलाई पुरस्कृत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?