
काठमाडौं- अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले आगामी वर्षदेखि पर्यटकका लागि अन्तर्राष्ट्रिय स्टेशनमा खुल्ला गर्ने भएको छ। त्यसको लागि पर्यटकले एक रातको मात्रै ३५ हजार डलर तिर्नु पर्नेछ।
नासाका अनुसार उक्त स्टेशन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि खोलिनेछ। अन्तराष्ट्रिय स्पेश स्टेशनकी उप-निर्देशक रोबिन गेट्सले भनेका छन्, ‘प्रत्येक वर्ष कम समयावधिमा दुई नीजी अन्तरिक्ष मिसन पठाइनेछ। उक्त मिसनको खर्च निजी कम्पनीले बेहोर्नेछ।’
नासाले अन्तरिक्ष यात्रीले अन्तराष्ट्रिय स्पेश स्टेशनसम्म पुग्न कम्तिमा ३० दिन सम्म लाग्नेछ। उनीहरुला अमेरिकाको स्पेसक्राफ्टको माध्यमबाट यात्रा गराइनेछ।
अन्तराष्ट्रिय स्पेश स्टेशन बाहिर अन्तरिक्षमा रहेको छ। उक्त अन्तरिक्षसँग जोडिएको शोध गर्नको लागि विकास गरिएको हो। यो पृथ्वीको नजिकै रहेको कक्षमा स्थापना गरिएको छ।
.@Space_Station is open for commercial business! Watch @Astro_Christina talk about the steps we’re taking to make our orbiting laboratory accessible to all Americans. pic.twitter.com/xLp2CpMC2x
— NASA (@NASA) June 7, 2019
यो स्पेश स्टेशन एक प्रकारको कृत्रिम उपग्रह हो जहाँ मानिस बस्छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोगहरु गर्ने गर्दछन्। यसका लागि नासाका मुख्य वित्तीय अधिकारी जेफ डेभिडले भनेका छन्, ‘ नासा अन्तराष्ट्रिय स्पेश स्टेशनको व्यावसायिक अवसरको लागि खोलिरहेका छौ। हामी यो पहिलो पटक गर्न गइरहेका छौ।’
यस्तै नासाले प्राइभेट कम्पनीले को को त्यहाँ जाने भनेर छनोट गर्नेछ भने उनीहरुको अन्तरिक्ष उडाको लागि तालिम तथा सवास्थ्य सेवाको लागि परीक्ष समेत गराइनेछ।
प्रत्येक वर्ष १२ नीजी अन्तरिक्ष यात्री जान पाउनेछन्। नासाले यसको लागि दुई कम्पनीलाई नियुक्त गरेको छ। इलोन मस्कको स्पेश एक्स तथा बोइङ। स्पेश एक्स आफ्नो ड्रेगन क्याप्सुलको प्रयोग गर्नेछन् भने बोइङले स्टारलाइनर नामक स्पेशक्राफ्ट बनाइरहेको छ।
उक्त कम्पनीहरुले अन्तरिक्ष-यात्रीहरुले त्यति नै असुली गर्नेछन् जति उनीहरुले नासाबाट अन्तरिक्ष यात्रीसँग लिइएको हुन्छ। अर्थात उनीहरुले प्रति फ्लाइट उनीहरुले भाडा दिनु पर्ने हुन्छ।
यसअघि नासाले स्पेश स्टेशनको कुनै पनि व्यावसायिकताको लागि प्रयोग गर्न रोक लगाएको थियो। साथै उसका अन्तरिक्षयात्री कुनै पनि कम्पनीमा रिसर्चको लागि भाग लिन पाउँदैनथे।
तर अब नासा उक्त स्टेशनको मालिक भने होइन। सन् १९९८मा उक्त स्पेश स्टेशनलाई बनाउन सुरु गरिएको थियो। अमेरिका र रुसले मिलेर उक्त स्टेशनला पूरा गरेका थिए।
सन २००१मा अमेरिकी कारोबारी डेनिस टिटो अन्तराष्ट्रिय स्पेश स्टेशनमा जाने पहिलो पर्यटक थिए। उनले दुवै तर्फको यात्रा गरनको लागि रुसलाई दुइ करोड डलर तिरेका थिए।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पेश गरेको बजेटमा सन् २०२५ सम्ममा स्टेशनलाई सरकारी पैसाबाट चलाउन बन्द गर्ने बताएका थिए।
ट्रम्पले घोषणा गरेको बजेट अनुरुप नै नासालाई पूर्ण रुपमा निजीकरण गर्न अघि बढेको हो। यता, स्पेस एजेन्सीले भर्खरै मात्र चन्द्रमामा दोस्रो पटक सन् २०२४ सम्ममा जाने योजना बनाउँदैछ। यही अनुरुप पहिलो पटक पहिलो महिला र दशकौपछि पहिलो पुरुषलाई नासामा पठाइनेछ।